टेकु अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ ।  अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन …

‘तीन सातापछि संक्रमण मत्थर’

कोभिड परीक्षण गराउनेमध्ये करिब आधामा संक्रमण, तेस्रो लहरमा सोमबारसम्ममा सक्रिय संक्रमितको संख्या ८२ हजार नाघ्यो काठमाडौँ — कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण सुरु भएको महामारीको तेस्रो लहर तीन सातापछि क्रमश: मत्थर हुँदै जाने सरकारी अधिकारीले आकलन गरेका छन् । उनीहरूको …

सरकारी कार्यालय र कम्पनी नै पालना गर्दैनन् मापदण्ड

काठमाडौं । सरकारले तोकेको मापदण्डविपरीत सरकारी कार्यालय र कम्पनीले नै इच्छुमती (टुकुचा) खोला दायाँबायाँ जग्गा नछाडी संरचना निर्माण गरिरहेका छन् ।  मन्त्रिपरिषद्ले विसं २०६५ मङ्सिर १ गते काठमाडौँ उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसहरुमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ मा संशोधन गरेको …

भारतमा पछिल्लो एक दिनमा तीन लाख छ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली । भारतमा पछिल्लो एक दिनमा तीन लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सोमबार विहान सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा तीन लाख छ हजार ६४ जना नयाँ सङ्क्रमित भएका हुन । अघिल्लो दिनको तुलनामा भने …

‘लुम्बिनी प्रदेशमा फागुनसम्ममा सबैलाई खोप’

रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याणमन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने बताउनुभएको छ । उहाँले ८५ प्रतिशतलाई पहिलो खोप लगाएको र दोस्रो खोप ७० प्रतिशतलाई लगाइएको जानकारी दिँदै १२ देखि १७ …

गण्डकी प्रदेशमा तीन सातामा ३०० स्वास्थ्यकर्मी सङ्क्रमित

कास्की । पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ । आम नागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी …

तनहुँका अधिकांश स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि भएपछि सेवा बन्द

तनहुँ । तनहुँमा ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उहाँहरुलाई  कोरोना पुष्टि भएको हो । भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई  सङ्क्रमण पुष्टि भएको छ । तीन चिकित्सक सहित …

क्यान्सरजन्य तत्व मिसिएको मह बनाउन प्रयोग गरिने मेसिन सहित पक्राउ

कसरी थाहा पाउने शुद्ध मह ? काठमाडौँ ।गत बिहीबार महानगरीय अपराध महाशाखाले काठमाडौंको ज्याठा बस्ने नरेश भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गर्‍यो । मिसावट गरी गुणस्तरहीन मह बनाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले मह बनाउन प्रयोग …

देशभर करिब ९ सय स्वास्थ्यकर्मी संक्रमित, स्वास्थ्यकर्मीको ड्युटी मिलाउन कठिन

काठमाडौं । कतिपयले घरमै एन्टिजेन परीक्षण गराउने भएकाले तथ्यांकमा आएको संख्याभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित भएको अनुमान कोरोना भाइरस संक्रमणको तेस्रो लहरमा देशभर ८ सय ८८ स्वास्थ्यकर्मी संक्रमित बनेका छन् ।  पहिलो र दोस्रो लहरभन्दा तेस्रो लहरमा छोटो समयमै यत्ति धेरै …

वालिङ नगरपालिकामा कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क

स्याङ्जा । वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ ।  नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ सङ्क्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल …