कर्मचारीलाई संवेदनशील बन्न मन्त्री पौडेलले निर्देशन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रिय परीक्षा बोर्डलाई चुस्तदुरुस्त हुन निर्देशन दिनुभएको छ । अनुगमनका गर्न बोर्डको सानोठिमीस्थित कार्यालयमा आज पुग्नुभएका मन्त्री पौडेलले परीक्षा अगावै प्रश्नपत्र परीक्षा बाहिरिने गरेको गुनासो आएको भन्दै संवेदनशील बन्न कर्मचारीलाई आग्रह गर्नुभयो । …

खोटाङमा चाम्लिङ भाषास्रोत शिक्षकका लागि दरबन्दी

खोटाङ ।चाम्लिङ भाषाको अध्यापन गराउन हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक (चाम्लिङ भाषास्रोत शिक्षक)को दरबन्दी सिर्जना गरेको छ । उक्त भाषाको अध्यापन गराउने  विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च पनि उपलब्ध गराइएको छ ।  सोहीअनुसार वडा नं ८ धितुङस्थित सर्वावती …

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तह पढाइको तयारी पूरा

धनुषा। प्रदेश २ को मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयको स्नातक तहको पठन पाठन गर्ने तयारी पूरा गरेको छ । प्रतिष्ठानका उपकुलपति डा राम केवल साहले गत वर्ष फागुन २५ गते स्थापना भएको प्रतिष्ठानले पहिलो चरणमा ल्याबतर्फको जनशक्ति उत्पादन गर्नका …

तलब वृद्धि नहुँदा ३३ विद्यालय अनिश्चितकालका लागि बन्द

डोटी। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृृिद्ध गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि …

मेडिकल कलेज निर्माणको प्रक्रियाले गतिलिएपछि महोत्तरीमा उत्साह

महोत्तरी। बर्दिबासमा मेडिकल कलेज निर्माणको प्रक्रिया अघिबढेसँगै महोत्तरीमा उत्साह छाएको छ । लामो समयदेखि वातावरणीय प्रभाव मुल्याङ्कनको अड्चनले रोकिदै आएको बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास आयोजनाको फाइल प्रदेश नं २ सरकारबाट स्वीकृत भएसँगै अब निर्माणको कामले गति लिने आशमा महोत्तरीमा …

नयाँ पाठ्यक्रमलाई पूर्ण कार्यान्वयनमा लाने निर्णय

काठमाडौँ। राष्ट्रिय पाठ्यक्रम विकास परिषद्ले विद्यालयमा परीक्षण गरिएका विभिन्न कक्षामा नयाँ पाठ्यक्रमलाई पूर्ण कार्यान्वयनमा लाने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज भएको बैठकले कक्षा ४ र ५ तथा कक्षा ९ र १० का लागि …

उच्च शिक्षामा विश्व बैंकको सहयोगमा सरकारले ७ अर्ब १४ करोडको कार्यक्रम प्रारम्भ

काठमाडौँ। उच्च शिक्षामा उत्कृष्टता प्रवद्र्धन गर्न विश्व बैंकको सहयोगमा सरकारले रु सात अर्ब १४ करोडको कार्यक्रम प्रारम्भ गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र विश्व बैंकले संयुक्तरूपमा मङ्गलबारदेखि उक्त कार्यक्रम प्रारम्भ गरेका हुन् । पाँच …

१७ हजारभन्दा बढी शिक्षकको पदपूर्ति छिट्टै

काठमाडौँ । शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको प्रक्रिया छिट्टै अगाडि बढाउने भएको हो । आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले …

शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि …

शिक्षासेवी अभिनन्दित

सर्लाही!सुकेपोखरीस्थित चुतुर्भुजेश्वर जनता उच्च माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापकसहित दुईजनालाई अभिनन्दन गरिएको छ । त्यस भेगमा विद्यालय शिक्षाको विकास र विस्तारमा विशिष्ट एवं अतुलनीय योगदान पु¥याएबापत विद्यालयको स्वर्ण महोत्सवका अवसरमा पूर्वप्रधानाध्यापकद्वय महेन्द्रप्रसाद र कृष्णप्रसाद भट्टराईलाई अभिनन्दन गरिएको हो । विसं २०२७ …