विद्यालयमा पास हुन अब न्यूनतम ३५ प्रतिशत

प्रयोगात्मकबाहेक नै त्यति अंक नल्याए माथिल्लो कक्षामा पढ्न नपाइने काठमाडौँ ।विद्यालय तह (कक्षा १ देखि १२ सम्म) का कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा पढ्न नपाइने भएको छ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको लेटर ग्रेडिङ …

संघीय शिक्षा ऐन ल्याउने तयारी

नयाँ संविधानअनुसार ऐन नबन्दा संघ, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र बाँडफाँट हुन सकेन काठमाडौँ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन जारी गर्ने प्रक्रिया थालेको छ । विद्यालय, प्राविधिक र उच्च शिक्षाको छुट्टाछुट्टै तीनवटा ऐन ल्याउने मन्त्रालयको तयारी छ । …

नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय स्थलगत निरीक्षण गरी प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन नवगठित समितिलाई निर्देशन दिनुभएको छ । समितिले उच्चशिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत …

तोकेभन्दा बढी शुल्क लिने केएमसीविरुद्ध उजुरी

काठमाडौँ ।तोकेभन्दा बढी शुल्क लिइरहेको काठमाडौं मेडिकल कलेज (केएमसी) विरुद्ध पीडित विद्यार्थी र अभिभावकले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । एमबीबीएसमा ४० लाख र बीडीएसमा ७ लाख रुपैयाँ अतिरिक्त शुल्क लिइएको भन्दै उनीहरूले कलेज सञ्चालकलाई कारबाही गर्न माग गरेर …

शिक्षकका समस्या समाधानका लागि नियमावली संसोधन हुन्छ : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक तथा कर्मचारीको समस्या समाधानका लागि शिक्षा नियमावली संसोधनको तयारी भइरहेको बताउनुभएको छ ।  बुटवलमा रहेको कान्ति माविको ६८औँ वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा उहाँले स्थानीयस्तरमा शिक्षक दरबन्दी थप तथा मिलन गर्ने …

शिक्षक आवेदन शुल्क रु पाँच हजार राखेर विज्ञापन गर्दा सर्वत्र विरोध

जुम्ला । तिला गाउँपाकिा–३ कुडारीस्थित सरस्वती प्राविधिक माध्यमिक विद्यालयले शिक्षक आवेदन शुल्क रु पाँच हजार राखेर विज्ञापन गर्दा सर्वत्र विरोध भएको छ । उक्त विद्यालयले करिब दुई वर्षदेखि मावि तथा आधारभूत तहमा रिक्त रहेका लेखा व्यवस्थापनसहित छ शिक्षक पदको १५ …

माध्यमिक तहमा शिक्षकका लागि दरखास्त आह्वान

काठमाडौं । शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कूल एक हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । देशभर रिक्त रहेका माध्यमिक तहमा स्थायी नयाँ शिक्षक भर्नाका लागि आयोगले …

बाल विकास शिक्षकलाई तोकिएको पारिश्रमिक दिन निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रारम्भिक बाल विकास केन्द्र (इसिडी) मा कार्यरत सहयोगी शिक्षकलाई सरकारले तोकेको पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएको बताउनुभएको छ ।        नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँगको आजको भेटवार्तामा मन्त्री पौडेलले सरकारले …

विवादास्पद निर्णयपछि त्रिवि आउनै छाडे पदाधिकारी

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय सभाबाट विवादास्पद निर्णय लिएपछि उपकुलपति धर्मकान्त बाँस्कोटासहितका पदाधिकारी सातायता कार्यालय आएका छैनन् । मंसिर १४ मा त्रिवि सभाले १० वर्षदेखि करार सेवामा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो । उक्त निर्णय रद्दको माग राख्दै उपकुलपति, रेक्टर …

परियोजनामा आधारित शिक्षण विधि सञ्चालन

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयले परियोजनामा आधारित शिक्षण विधि अपनाएको छ ।   पाठ्यक्रममा भएका विषयलाई परियोजना कार्यको माध्यमबाट सहज र प्रभावकारी रुपमा विद्यार्थीलाई सिकाउने विधि सो विद्यालयले अपनाएको हो । प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले अन्तर्राष्ट्रियस्तरमा नमूना …