प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित कार्यक्रममा नगद रु पाँच हजार राशिसहित ‘आजको वातावरण’ दैनिकका सम्पादक प्रकाशकसमेत रहनुभएका झालाई सम्मानपत्र प्रदान …

मेची आँखा अस्पतालमा अढाइ दशकमा ३० लाखको उपचार

झापा। प्रदेश नं १ कै अग्रणी सामुदायिक अस्पतालका रूपमा रहेको मेची आँखा अस्पतालले २५ वर्षको अवधिमा ओपिडीमार्फत ३० लाख ३७ हजारभन्दा बढीको उपचार गरेको छ । स्थापनाको २५औँ वर्षगाँठका अवसरमा आज बिर्तामोड नगरपालिका–३ सैनिकमोडमा आयोजना गरिएको कार्यक्रममा उक्त अवधिमा अस्पतालले …

स्थानीय तहमा आवश्यकताभन्दा बढी दरबन्दी : सामान्य प्रशासनमन्त्री श्रेष्ठ

काभ्रेपलाञ्चोक। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहले आवश्यकताभन्दा बढी दरबन्दी राखेको बताउनुभएको छ । मन्त्रालयद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन विषयक दुईदिने कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै उहाँले बढी दरबन्दी कायम गर्दा वर्षौँसम्म …

सर्वोच्च अदालतमा यथाशीघ्र निकास खोजिनुपर्ने उच्चस्तरीय समन्वय समितिको निष्कर्ष

काठमाडौँ। सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधको तत्काल निकास खोजिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको समितिको बैठकले अदालतको विषयप्र्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राज्यको …

मूल्यवृद्धि फिर्ता लिन मञ्चको माग

दमक। पेट्रोलियम पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुमा लगातार भइरहेको मूल्यवृद्धिप्रति उपभोक्ता हित संरक्षण मञ्च दमक, झापाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । लामो समयसम्म कोरोना महामारीका कारण आर्थिक सङ्कट झेलेका सर्वसाधारणलाई मूल्यवृद्धिले झनै समस्यामा पारेको मञ्चले जनाएको छ । …

प्रदेश सभा(क)मा संस्थापन पक्षको पल्लाभारी अरु जिल्ल

  सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुको प्रदेश सभा(क)को प्रदेश अधिवेशन सकिएको छ। उक्त प्रदेशको सभापतिमा धनजन राई २५८ मत सहित प्यानल नै विजयी भएका हुन।नवनिर्वाचित सभापति राईका प्रतिद्वन्दी रोशन बाबू थुलुङले १६५ मत पाएको निर्वाचन समितिले जनाएको छ।उहाँहरुबीच ९३ मतको अन्तर रहेको …

समर्थन मूल्यमा धान खरिद गर्न कृषि सहकारी नै बाधक

झापा। सरकारले तोकेको समर्थन मूल्यमा धान खरिदका लागि जिल्लाका दुईवटा सहकारीले मात्र अनुमति लिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापाले करिब एक महिनाअघि जारी गरेको सूचनामा दुईवटा संस्थाले मात्र आवेदन दिएका हुन् । यसले जिल्लाका सबै किसानले धानका उचित …

नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको तेस्रो दिन नेप्से ६९.२२ अङ्कले बढेर दुई हजार ७८४.५७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन …

एक महिला मृत फेला

दमौली। तनहुँको व्यास नगरपालिका–२ स्थित बुल्दी खोला नजिक आज एक महिला मृतावस्थामा फेला परेकी छन् । व्यास नगरपालिका–१ भादगाउँ निवासी ३३ वर्षीय स्यानु गुरुङ दरै मृतावस्थामा फेला परेकी हुन् । बुल्दीखोला नजिक रहेको पर्खालमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको …

बेंसीसहर–चामे सडकमा सधैँ सास्ती

मनाङ। जिल्लामा यस समयमा चिसो सिरेटोसँगै हिमालको नजिकबाट निस्किएको घामको झुल्को हेर्न पर्यटक आउने गर्दछन् । पर्यटक आउने समयमा पनि सडकको सास्ती भोग्ने गरेका छन् । यस याममा आन्तरिक तथा बाह्य पर्यटक जिल्ला भित्रिन्छन् । विगत लामो समयदेखि नै यहाँ …