देशभर पश्चिमी वायुको प्रभाव, यस्तो रहनेछ आगामी तीन दिनको मौसम

काठमाडौ । जल तथा मौसम विज्ञान बिभागले आगामी तीन दिनको मौसम पुर्वानुमान जारी गरेको छ। बिभागका अनुसार  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश १ को पहाडी भु-भागमा आंशिक  बदलीको अवस्था रहेको छ र तराईका भु-भागमा हुस्सु् / कुहिरो …

रवि लामिछानेले न्युज २४ टेलिभिजन छाड्ने, सिधा कुरा जनतासंग कार्यक्रम बन्द

काठमाडौ । चर्चित कार्यक्रम सिधा कुरा जनतासंग  न्युज २४ टेलिभिजवाट प्रशारण हुँदै आएको कार्यक्रम अब बन्द हुने भएको छ । सो कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडे पछि सो कार्यक्रम पनि बन्द हुने भएको हो । टेलिभिजनमा केही …

भारत लैजान लगिएका ३ किशोरिको उद्धार

भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट  माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान …

धमाधम पक्राउ पर्दै ‘विप्लव’ कार्यकर्ता, काठमाडौँमा तिन पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तिन जना कार्यकर्ता हरु पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं जिल्ला सेक्रेटरी भिमसेन घिमिरे, जिल्ला समितिका सदस्य हरिबहादुर चन्द र पार्टी सदस्य वीरेन्द्र शाही रहेका छन् । उनीहरु ठुलो परिमाणमा चन्दा रसिद, लेटर …

१५ हजार घुस लिएको आरोपमा इन्स्पेक्टर निलम्बित

काठमाडौं ।  सवारी दुर्घटना मुद्धामा १५००० घुस लिएको आरोप लागेका महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले जानकारी …

ट्रीपिङ घट्दा बिजुली काटिने दरमा कमि आउँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालगायत देशका कुनै पनि स्थानमा घोषित वा अघोािषतरूपमा विद्युत्भार कटौती नभएको पुनः दोहोर्याएको छ । प्राधिकरणले प्राविधिक समस्याका कारण एकाध मिनेट वा केही घण्टा कहीँकतै बिजुली काटिएको भए पनि त्यसलाई लोडसेडिङको रूपमा नबुझ्न पुनः …

अमेरिकी संसदमा भएको हिंसात्मक प्रदर्शनमा एक महिलाको मृत्यु

अमेरिकी संसदमा भएको हिंसात्मक प्रदर्शनमा एक महिलाको मृत्यु भएको छ ।प्रदर्शनका क्रममा ती महिलाको छातिमा गोली लागेको र केही समयपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । फक्स न्यूजका अनुसार, ती महिलाको मृत्यु भएको प्रहरीले पुष्टि समेत गरिसकेको छ । …

पत्रकारहरुलाई जिम्मेवार हुन प्रेस काउन्सिलको अनुरोध

काठमाडौँ। प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल गरेको छ। “समसामयिक राजनीतिक परिस्थिति एवं अहिलेको संवेदनशील घडीमा राजनीतिक दल÷नेताबाट एकआपसमा लक्षित गर्दै कुनै …

के नेपालमा गाँजा खेति सम्भव छ ?

प्रतिनिधिसभामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले नेपालमा गाँजा खेतीलाई वैधानिक मान्यता दिनुपर्ने कुरा उठाए। त्यसको भोलिपल्टै उनको जिल्ला मकवानपुरमा झन्डै तीन सय किलो चरेस बरामद भयो। संयुक्त राज्य अमेरिकाका केही राज्य, क्यानडा र थाईल्यान्ड आदि देशमा कानुनी दायरामा …

पत्रकार पक्राउप्रति पत्रकार महासंघको निन्दा

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ । टिभी टुडे टेलिभिजनको कार्यक्रम प्रस्तोतासमेत रहेका पन्त र सञ्जालखबर …