थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ …

राष्ट्रसंघ सुरक्षा परिषदद्वारा कङ्गोमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकमाथि भएको आक्रमणको कडा शब्दमा भत्र्सना एवं निन्दा गरेको छ । विद्रोहीको आक्रमणमा परेर शान्ति सैनिकमा आबद्ध मलावीका एक सैनिकको ज्यान गएको थियो । राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा परिषदका सदस्य राष्ट्रहरुले …

कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्छ : प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन् । केटीबी एड्भरटाइजिङ एजेन्सी चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागाजिनको मंगलवार भर्चुअल माध्यमबाट विमोचन गर्दै उनले सबै क्षेत्र कोभिडविरुद्ध …

अब यसरी गठन हुन्छ बहुमतकाे सरकार, ओली नै प्रधानमन्त्री हुने सम्भावना

काठमाडौं ।  नेपालको संवैधानिक व्यवस्थानुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन ।  प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा ओलीले पेश गर्नुभएको विश्वासको मतको प्रस्ताव सभाले अस्वीकृत गरेसँगै संविधानतः ओली सरकार कामचलाउ सरकार बनेको छ । अहिलेको सरकार नेपालको …

आजदेखि कालीमाटी तरकारी बजार बन्द

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । तरकारी बजार विकास समितिले आज एक सूचना जारी गर्दै आजदेखि कृषक बजार बन्दको निर्णय भएको जनाएको हो …

काठमाडौंका ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को आज निरीक्षण गर्दै कोभिङ–१९ संकट …

नेपालको राजनीति: जसपा अध्यक्षको विज्ञप्तिपछि नयाँ सरकार निर्माणमा थप जटिलता

नेपाली राजनीतिमा देखिएको पछिल्लो घटनाक्रमले नयाँ सरकारको खाका झनै अस्पष्ट बनेको विश्लेषकहरू बताउँछन्। सोमवार दिउँसो प्रधानमन्त्री केपी ओलीले संसद्‌मा विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव असफल भयो। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त …

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त

२८ वैशाख, काठमाडौँ । नर्भिक अस्पतालमा  उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।   त्यस्तै  कोरोना संक्रमण भई उपचाररत पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ। रानी १८ दिनअघि अस्पताल भर्ना भएकी थिईन। उनलाई केहीदिनपछि प्लाज्मा थेरापी विधिबाट उपचार …

गण्डकीमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

२८ बैशाख, पोखरा । गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीका १, पोखरा महानगरपालिकाका ६, रुपन्देहीका २, तनहुँ १ र स्याङजाका १ गरी ११ जना रहेका छन् । मृत्यु हुनेहरुमा म्याग्दीको बेनी नगरपालिका ९ …

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।