संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्दा मुद्दा लाग्दैन

काठमाडौं । राष्ट्रपति कार्यालयले नेपालको संविधानले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा राष्ट्रपतिले गरेका काममा मुद्दा नलाग्ने जवाफ सर्वोच्च अदालतमा पठाएको छ ।  राष्ट्रपति कार्यालयका निमित्त सचिव रुपनारायण भट्टराईले मन्त्रिपरिषद् विस्तार विरुद्धका परेको मुद्दामा महान्यायाधिवक्ता कार्यालयमार्फत आज सर्वोच्च अदालतमा पेश गरेको …

थप १ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

काठमाडौँ ।२४ घण्टामा देशभर १ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको ६ हजार ६५७ पीसीआर परीक्षणमा १ हजार ४७९ जनामा कोरोना पुष्टि भएको हो । ४ हजार ६५६ …

पुनःमेलम्चीको पानी आउन तीन महीना लाग्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा पुनःमेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ । मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनःसुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ । सो आयोजनास्थलसम्म …

एमाले कार्यदलको बैठक आज पनि बस्दै, आजै निश्कर्षमा पुग्ने नेताहरुको दाबी

काठमाडौँ । नेकपा एमालेको विवाद समाधान गर्नका लागि गठन गरिएको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक सिंहदरबारमा दिउँसो साढे ११ बजे बस्ने एक नेताले जानकारी दिए । एमालेले हालसम्म ४ पटक कार्यदलको बैठक बसिसकेको छ तर अहिलेसम्म …

चीनबाट १० लाख भेरोसेल खोप लिन नेपाल एयरलाइन्सको विमान बेइजिङमा

चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल नेपाल आउने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न चीनको राजधानी बेइजिङका लागि उडेको छ । सरकारका अनुसार बिहीबार दिउँसो ३ बजेर २५ …

चितवनमा गाई काट्ने तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–१ सुन्दरबस्तीबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कालिका–१ की ३२ वर्षीया उर्मिला परियार, १६ वर्षिय सविन परियार र १६ वर्षिय सुवास परियार …

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी …

काठमाडौंबाट भक्तपुर आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब …

पहिरामा पुरिएको शव ११ घण्टापछि निकालियो, ७२ घर विस्थापित

तनहुँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो । ऋषिङ–८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव ११ घण्टापछि …

देशभर मनसुनी  वायुको  प्रभाव, कस्तो रहला आजको मौसम ?

जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल देशभर मनसुनी  वायुको  प्रभाव रहेको छ । अहिले देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। बाग्मती प्रदेशका केही स्थानहरुमा  मध्यम्/भारी  वर्षा भैरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण …