तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । भूकम्प प्रविधि राष्ट्रिय समाज, नेपाल (एनसेट)ले विपद् जोखिम न्यूनीकरणमा सघाउ पु¥याउने लक्ष्यसहित आफ्नो १० वर्षे रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ । 

काठमाडौँमा आज आयोजित एक समारोहमा वरिष्ठ साहित्यकार तुलसी दिवस र इतिहासविद् दिनेशराज पन्तमार्फत उक्त कार्ययोजना सार्वजनिक गरिएको हो । भूकम्पीय सुरक्षा अभिवृद्धिमा २८ वर्षसम्म योगदान दिएको एनसेटले अब अन्य विपद्जन्य घटना न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा समेत काम गर्ने आगामी कर्ययोजनामा उल्लेख छ ।

संस्थाका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले सन् २०२० सम्ममा नेपाली नागरिकलाई भूकम्पबाट सुरक्षित बनाउने कार्ययोजना सम्पन्न गरेको जानकारी दिँदै त्यसबाट प्राप्त ज्ञानका आधारमा अबको १० वर्ष विपद् जोखिम न्यूनीकरणमा काम गर्ने बताउनुभयो । उहाँले उक्त योजना सन् २०१४ देखि सुरु गरिएको भए पनि त्यसपछि आएको भूकम्प र पछिल्लो समयमा परेको कोभिड–१९ को प्रभावका कारण ढिलाइ भएको जानकारी दिनुभयो । 

उक्त रणनीतिक योजनाअनुसार भूकम्पीय सुरक्षाका साथै बाढीपहिरो र आगलागीका घटना न्यूनीकरण र त्यसबाट हुने जोखिम कम गराउन संस्थाले कार्यक्रम सञ्चालन गर्नेछ । लक्ष्य हासिल गर्न एनसेटले परम्परागत ज्ञान सीपको उपयोग गर्ने, जिम्मेवार, अनुशासित तथा दिगो कार्यक्रम सञ्चालन गर्ने, प्रभावका आधारित नतिजामुखी काम गर्ने तथा सहकार्य र सहभागितामूलक काममा जोड दिनेछ । मुख्यगरी सन् २०५० सम्मको रणनीतिक योजनाका साथ पहिलो चरणमा सन् २०३० सम्म कार्यान्वयन गर्ने कार्यक्रम सार्वजनिक गरिएको हो । 

उक्त कार्यक्रम कार्यान्वयनपछि विपद् सुरक्षा माथिल्लो स्तरमा पुग्ने, सार्वजनिक र निजी क्षेत्रको उल्लेखनीय सहकार्य हुने र प्रविधिको भरपूर उपयोग हुने विश्वास छ । एनसेटले सार्वजनिक गरेको रणनीतिक योजनामा सरकारलाई बलियो बनाउन सहयोगी भूमिका खेलिने उल्लेख छ । अध्ययन र अनुसन्धानमूलक कार्यको विकास गरी सक्रिय, दिगो र सिक्न चाहने नमूना संस्थाका रुपमा विकास गर्ने योजना उल्लेख छ ।

रणनीतिक योजनामा जोखिम नक्साङ्कन र मूल्याङ्कन गर्ने, विपद्का घटना भएको अवस्थामा सही सूचना प्रवाह गर्ने, पूर्वतयारीमा चाहिने सामग्रीको मानक तयार पार्ने, जोखिम न्यूनीकरणका लागि चेतना फैलाउने, विपद् जोखिम न्यूनीकरणमा राष्ट्रिय कार्यक्रम तयारी पारी कार्यान्वयनमा सघाउने, बनेका योजनाको परीक्षण र परिमार्जनमा सहयोग पु¥याउने, विपद्को प्रभाव मूल्याङ्कनमा सरकारको सहयोगी भूमिका खेल्ने तथा स्थानीय सरकारसँग सहकार्यमा काम गरिने उल्लेख छ ।

समारोहमा वरिष्ठ साहित्यकार दिवस र इतिहासविद् पन्तले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीयको चेतना अभिवृद्धि गर्न सार्वजनिक रणनीति प्रभावकारीरुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । एनसेटका अध्यक्ष डा आमोदमणि दीक्षितले विपद्विरुद्धको सुरक्षा अभिवृद्धिका लागि विज्ञान र प्रविधिको प्रयोगमार्फत स्थानीयतस्तरमा चेतनाको विकास गर्न रणनीतिक योजना ल्याइएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “बहुप्रकोपीय प्रभाव, जलवायु परिवर्तन अनुकूलन र जलवायु परिवर्तनको जोखिम न्यूनीकरण एवं व्यवस्थापनमा एनसेट केन्द्रित हुनेछ ।” विगत २८ वर्षमा एनसेटले विश्वमा देखाउन मिल्ने १०८ कार्यक्रम गरेको सो अवसरमा दिक्षितले जानकारी दिनुभयो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …