वीरगन्ज कारागारका ६ जना कैदीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा वीरगन्ज कारागारका ६ कैदीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ बालबालिका छन् । नारायणी अस्पतालका थप एक चिकित्सक र नेपाल आर्मीका एक जवानमा पनि कोरोना संक्रमण देखिएको …

पहिरोले घर पुरिँदा जापान जाने योजनासँगै आमाबुबालाई नै गुमाए 

दार्चुला दुहुँ गाउँपालिका–३ सल्लेखेतीका २२ वर्षीय सुनील जोशी काठमाडौंमा बसेर जापान जाने तयारी कक्षा लिइरहेका थिए । लकडाउनले कक्षा रोकिएपछि उनीसँगै बसेर पढिरहेकी बहिनीसहित घर फर्किए । मंगलबार बिहान घरमाथिको दार्चुला–टिंकर सडक किनारबाट खसेको पहिरोले घर पुरिँदा जापान जाने योजनासँगै सुनीलले आमाबुबालाई …

पहिरोले संखुवासभाको भोटखोला जाने सडक अवरुद्ध

लगातारको वर्षासँगै आएको पहिरोका कारण संखुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । उत्तरदक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को सम्माटारमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सडकखण्ड १५ दिनदेखि अवरुद्ध भएको उत्तरदक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिए …

भक्तपुर कमलपोखरीमा डुबेर एकको मृत्यु

भक्तपुर नगरपालिका–१० कमल विनायकस्थित कमल पोखरीमा पौडी खेल्न गएका एक व्यक्तिको डुबेर मृत्यु भएको छ । पोखरीमा डुबेर चाँगुनारायण नगरपालिका–९ ताथली खड्का टोलका ५१ वर्षीय राजेश खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए …

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भौतिक प्रगति ६२ प्रतिशत

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भौतिक प्रगति ६२ प्रतिशत भएको छ । बन्दाबन्दीको अवधिमा समेत निरन्तर सञ्चालन भएको यो परियोजनाको भौतिक प्रगती ६२ प्रतिशत भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए …

नेपाली सेनाका पूर्वरथी खड्काको निधन

नेपाली सेनाका पूर्वरथी कूलबहादुर खड्काको निधन भएको छ । ६९ वर्षीय खड्काको उपचारका क्रममा मंगलबार नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बतायो । खड्कालाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानसेनापतीमा नियुक्त गरे पनि त्यसबेलाका राष्ट्रपति रामवरण यादवले अस्वीकृत गरिदिएका थिए । …

च्याउ खाँदा बिरामी परेका एकै घरका ४ जनाको मृत्यु

च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका तीन जनाको आज मृत्यु भएको छ । यसअघि सोमबार गाउँमै एक जनाको मृत्यु भएको थियो । गत साउन ९ गते जङ्गलबाट च्याउ टिपेर घरमा ल्याई पकाएर खाएका टेकबहादुर …

सुदुरपश्चिममा ४२ जनामा कोरोना संक्रमण पुष्टि

सुदुरपश्चिम सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा भएको परीक्षणमा मंगलवार ४२ जनामा कोरोना पुष्टि भएको छ। जस्मा ७ महिने बालक समेत रहेका छन । पछिल्लो २४ घण्टामा १३४ जनाको कोरोना परीक्षण भएकोमा २७ जना पुरुष र १५ जना महिला गरि ४२ …

स्याङ्जाको पुतलीबजार १० दिनका लागि सिल

स्याङ्जा : जिल्लाका प्रहरी प्रमुख सहित १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्याङ्जाको पुतलीबजार दश दिनका लागि सिल गरिएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उद्देश्यले जिल्लास्तरीय कोरोना संकट ब्यवस्थापन केन्द्रको बैठकले बजार सिल गर्ने निर्णय गरेको हो …

लाइसेन्स आवेदन २ महिनापछि मात्र ,सात लाख लाइसेन्स प्रिन्ट

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना (कोभिड–१९) सङ्क्रमण फैलन सक्ने भएकाले दुई महिनापछि मात्र खुला गर्ने योजना रहेको यातायात व्यवस्था विभागले जनाएको …