आफ्नै कार्यकर्ता हत्याको जाहेरी नलिने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं ? काँग्रेस

काठमाडौँ। पर्सा घटनामा जाहेरी नलिइएको घटनाप्रति काँग्रेसले प्रश्न गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं ? पर्साको घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्षको …

विदेशी गुप्तचरसँग प्रधानमन्त्रीको भेटलाई जायज मान्न सकिँदैन– गगन थापा

काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले विदेशी गुप्तचरसँग भएको भेटघाटले प्रधानमन्त्रीबाटै राष्ट्रिय सुरक्षामा थ्रेट भएको आरोप लगाएका छन् । उनले भारतीय गुप्तचरसँग प्रधानमन्त्रीको भेटघाटलाई कूटनीतिक मर्यादाको उलंघन भनेर सामान्य त्रुटिका रूपमा प्रस्तुत गर्न नहुने बताए ।  सामाजिक सञ्जाल …

नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन् ?

काठमाडाैं। साझा पार्टीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर फर्किएको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘के रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र …

आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक हो- देउवा

काठमाडाैं। प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक भएको र देशमा कोरोनाले सर्वत्र त्रास भएको बेला सरकार जनताको अभिभावकका बन्न नसकेको बताएका छन् । बिहीबार एक …

जनस्वास्थ्य ऐन, सर्वोच्चको आदेश र नेकपा पार्टीको घोषणापत्र विपरित गरेको निर्णय आपत्तिजनक छ: कांग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना परीक्षण र उपचार सशुल्क गर्ने सरकारको निर्णयको विरोध गर्दै सत्तारूढ नेकपाकै चुनावी घोषणापत्रको उल्लङ्घन भएको टिप्पणी गरेको छ । कांग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठको हस्ताक्षरमा जारी विज्ञप्तिमा संविधानले व्यवस्था गरेको मौलिक हक, …

कर्णाली प्रदेशको अविश्वासको प्रस्ताव लगायत सबै निर्णय बदर गर्ने सहमति

काठमाडौं, । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कर्णाली प्रदेशमा नेकपाका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नु भएकाे हटाउने निर्णय बदर गर्ने सहमति भएको छ । …

महामारीमा रोगले छटपटाएका जनताले कर तिर्दिन पनि भन्न सक्छन: देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापती शेर बहादुर  देउवाले महामारीमा रोगले छटपटाएका जनताले कर तिर्दिन पनि भन्न सक्ने भन्दै हरेक नागरिकको पीसीआर परिक्षण र कोरोनाको उपचार निशुल्क गराउन जोडदार माग गरेका छन । मंगलवार साझ सामाजिक सन्जालमा पोस्ट गर्दै देउवाले …

रेलवे सञ्चालन र पूर्वाधार विकास चीनसँग भएका सम्झौता कार्यान्वयन गर्ने ओलीको प्रतिबद्धता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सीमापार रेलवे सञ्चालन र पूर्वाधार विकाससहित सम्पर्क सञ्जालका परियोजनामा नेपाल र चीनबीच भएका आपसी सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन् । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श …

नागरिकका आधारभूत आवश्यकता समेत सरकारले पूरा गर्न सकेन- कांग्रेस नेता सिटौला

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नागरिकका आधारभूत आवश्यकता समेत सरकारले पूरा गर्न नसकेको आरोप लगाएका छन् । पाथीभराको दर्शन गरेर फर्कने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मौलिक हक र सर्वोच्चको परमादेशविपरीत कोरोनाको उपचारबाटै सरकार पन्छेको दोषारोपण गरे । दिनानुदिन …

प्रधानमन्त्री कार्यालयमा सक्रिय ईश्वर पोखरेल, प्रभावकारी काम गर्न निर्देशन

काठमाडौं।उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी बनाउनका लागि छलफल शुरू गरेका छन् । कार्यालयको कार्यभार सम्हालेलगत्तै उनले मुख्यसचिव शंकरदास वैरागी र सचिवसँग कार्यालयको प्रभावकारी र व्यवस्थित कार्यान्वयनका लागि छलफल शुरू गरेका हुन् । उनले प्रभावकारी र परिणाम …