स्थापनाको १८ वर्षपछि नियमावली बन्दै

स्थापनाको १८ वर्षपछि विशेष अदालतको नियमावली तर्जुमा प्रक्रिया अगाडि बढेको छ । २०५९ सालमा नै विशेष अदालत ऐन बने पनि बल्ल नियमावली बन्ने भएको हो । नियमावली नबन्दा कार्यविधिको सरलीकरण, फैसला कार्यान्वयनको संयन्त्र स्थापना तथा कार्यविवरण निर्धारण लगायतको व्यवस्था हुन सकेको थिएन । …

सार्वजनिक यातायात सञ्चालनको तयारी

चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन् । सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायतले सञ्चालन गरेका …

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक विद्यालयमा अनिवार्य हाजिर हुनैपर्ने

राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ । तत्काल विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको उपस्थितिमा प्रत्यक्ष साक्षात्कार हुनेगरी पठनपाठन हुने वातावरण नरहे पनि सबै शिक्षक आफू कार्यरत विद्यालयमा हाजिर हुनैपर्ने …

सार्वजनिक जग्गा छोरादेखि ज्वाइँ सम्मलाई

सुकुम्बासी समस्या समाधान आयोग जिल्ला कार्यालयले कोहलपुर नगरपालिका–४ (साविक रझेना–३) स्थित ६ बिघा पर्ती/ऐलानी जग्गा हचुवामा बाँडेको पाइएको छ । पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ रहेको ७७, ७८ र ७९ कित्ता नम्बरको जग्गा ४१ जनालाई पहुँचका भरमा जग्गा वितरण गरिएको हो । …

कोरोना मुक्त हुँदैछ प्रदेश–५

देशभरमा कोरोना सङ्क्रमणको सबैभन्दा उच्च दर रहेको प्रदेश–५ कुनै ‘भवितव्य’ नभएमा छिट्टै कोरोना मुक्त प्रदेश बन्दैछ । उच्च जोखिममा गनिएको यो प्रदेश निको भएर घर फर्किने दर ९१ प्रतिशत छ । देशभर यस्तो दर ६६ प्रतिशत मात्रै छ । देशभर …

सर्वोच्चको मुद्दा फैसलामा सुधार

सर्वोच्च अदालतको मुद्दा फस्र्योट दरमा सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७६÷७७ मा सर्वोच्चमा एक हजार ५६६ थानभन्दा बढी मुद्दा फस्र्योट भएका छन् । यसमा निवेदन तथा प्रतिवेदनको सङ्ख्या उच्च छ । सर्वोच्चले जिम्मेवारी सरेका समेत ३५ …

बर्बराइरहन्छन् पहिराेका घाइते

संखुवासभा पहिरोमा परेर जीवितै उद्धार गरिएका ७९ वर्षीय गोवासिंह राई ५ दिनअघि गएको पहिरो सम्झेर बेलाबेला झस्किन्छन् । जिल्ला अस्पताल खाँदबारीमा उपचाररत उनी निद्रामा पनि ‘पहिरोले लग्यो’ भन्दै बर्बराउँछन् । डेढ दिनसम्मको मुसलधारे वर्षापछि गत आइतबार सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा खसेको पहिरोमा उनी …

अब दस मिनेटमै कर दाखिला गर्न सकिने

साना करदाताले अबदेखि बढीमा १० मिनेटमै आय विवरण र कर दाखिला गर्न सक्ने भएका छन् । कर दाखिला प्रक्रियामा रहेको झन्झट कम गर्न आन्तरिक राजस्व विभागले विकास गरेको उक्त प्रणालीमार्फत करदाताले नजिकैको बैङ्कमार्फत नै कर र आय विवरण दाखिला गर्न …

दलका सचेतकलाई पनि सुविधा दिने गरी ऐन संशोधन गरिँदै

प्रदेश सभामा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका सचेतकलाई पनि सुविधा दिने गरी प्रदेश ५ सरकारले ऐन संशोधन गर्न लागेको छ । बिहीबारको प्रदेश मन्त्रिपरिषद्को बैठकले सहमति दिएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को …

साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गर्न सकिने : पर्यटन मन्त्रालय

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गर्न सकिने जनाएको छ । चैत ९ देखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको सरकारले वायुसेवा पुनः सञ्चालन गर्न असार १५ गते …