खोप प्रमाण पत्र नि:शुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पत्र नि:शुल्क गर्न निर्देशन दिएको छ ।  वैदेशिक रोजगारी एवं अन्य कामकाजको सिलसिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नेले खोप लगाएको प्रमाण पत्र पेस गर्नुपर्ने हुन्छ । वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले आइतबार …

बूढानीलकण्ठमा ५१ हजारले पाए कोरोनाविरुद्धको खोप

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेका नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अङ्कित पौडेलले बताउनुभयो …

उपचारका लागि दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने बाध्यता

खोटाङ । आकस्मिक अवस्थामा बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन हेलिकप्टर नै  चार्टर गर्नुपर्ने भएपछि   खोटाङवासीलाई रु कम्तिमा दुई लाख सिरानीमै राखेर सुत्नुपर्ने  बाध्यता भएको छ ।   स्वास्थ्यमा जटिल किसिमका समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँलगायत  अन्य सुबिधासम्पन्न …

झापामा फेरि निषेधाज्ञा, नाकामा कडाइ

झापा। कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ । प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ को सङ्क्रमणको …

भरतपुर अस्पताल कोरोना सङ्क्रमितले भरिभराउ

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ । अस्पतालमा कोभिड सङ्क्रमितको …

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल

त्रियुगा । जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी …

कोरोना तेस्रो लहरको जोखिममा बालबालिका

काठमाडौं । बालबालिकालाई कोरोना भाइरसले खासै असर गर्दैन, सङ्क्रमण भइहाले पनि चाँडै निको भइहाल्छ भन्ने सोचाइ र बुझाइ धेरैको छ । तर, यो सोचले गम्भीर स्थिति पु-याउन सक्ने विज्ञको चेतावनी छ । कोरोनाको तेस्रो लहरले बालबालिकालाई बढी समस्यामा पार्न सक्छ भन्ने आइरहँदा बालबालिकालाई …

‘डेल्टा भेरिएन्ट’ विश्वभर फैलिँदै, चीनमा थप ५५ व्यक्तिमा सङ्क्रमण पुष्टि

चीन । चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ । चीनमा पछिल्ला दिनहरूमा विश्वका अन्य मुलुकमा जस्तै कोभिड–१९ को नयाँ प्रकार ‘डेल्टा भेरिएन्ट’ बाट सङ्क्रमितको सङ्ख्यामा अचानक वृद्धि भइरहेको पाइएको छ । थप सङ्क्रमितमध्ये ३० …

बालगृहका २२ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरस्थित भीमफेदी बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भीमफेदी गाउँपालिका–६ स्थित नेपाल बाल सङ्गठनअन्तर्गतका सो बालगृहमा एकै दिन २२ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये बालगृहका दुई कर्मचारी र २० बालबालिका रहेको भीमफेदी …

होटलमा खोप भेटिएको घटना छानबिन गर्न समिति गठन

झापा। झापाको विर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षमा आज …