काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो ।
खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेका नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अङ्कित पौडेलले बताउनुभयो । नगरबासीमध्ये कोभिसिल्ड पाँच हजार ५२० जनाले र भेरोसेल ३८ हजार ८८२ जनाले लगाएका छन् ।
त्यसैगरी जोन्सन एण्ड जोन्सन खोप सात हजार २०० जनाले लगाएका छन् । नगरपालिकामा सीमित खोप उपलब्ध भए पनि सर्वसाधारणको माग असिमित रहेको नगर प्रवक्ता नवराज भट्टराईले बताउनुभयो । थोरै मात्र खोप प्राप्त हुँदा एकै पटक सबैलाई उपलब्ध गराउन सम्भव नभएकाले दुरुपयोग हुन नदिन वडावडामा खोप केन्द्र राखिएको उहाँले जानकारी दिनुभयो ।
यसअघि यहाँ दुईवटा मात्र खोप केन्द्र सञ्चालन गरिएकामा शुक्रबारदेखि आठवटा खोप केन्द्र सञ्चालन गरिएको थियो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …