मागेजति बिजुली दिन संरचना बनाउँदै प्राधिकरण

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनावद्ध रुपमा प्रयास थालेको छ ।  प्रमुख औद्योगिक करिडोरमा बिजुली उपलब्ध गराउनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि प्राधिकरणले अगाडि सारेको योजना …

कांग्रेसको प्रदेश अधिवेशन र लोकसेवाको परीक्षाले पोखराको पर्यटनमा राहत

कास्की । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको गण्डकी प्रदेश अधिवेशन र लोकसेवा आयोगका विभिन्न परीक्षाका कारण पछिल्लो हप्ता पोखराको पर्यटनमा राहत मिलेको छ । कोरोना कहरका कारण प्रभावित भइरहेको पोखराको पर्यटनलाई आन्तरिक पर्यटनले केही मात्रामा भए पनि भरथेग गरिरहेको अवस्थामा …

इजाजत नलिई बैकिङ कारोबार गर्ने पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै  सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल जिल्ला भरतपुर महानगरपालिका–७ का २७ वर्षीय पुष्पराज तिमिल्सेना छन् …

स्रोत नखुलेको ६९ लाख रकमसहित दरबारमार्गबाट एक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले रु ६९ लाख ५० हजार नगदसहित हिरोसी खनाललाई गए राति पक्राउ …

पहेँलो धातुको मूल्य प्रतितोला रु ७०० ले उकालो

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले बढेको हो । नेपाल …

कोरोना प्रभावित अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण

जुम्मा । जुम्लामा अपाङ्गता  भएका कोरोना प्रभावित २४९ र विपन्न गरी ५५५ लाई राहत वितरण गरिएको छ । कोरोना प्रभावित विपन्न नागरिक र अपाङ्गता भएका व्यक्तिको दैनिकी सहज बनाउन राहत वितरण गरिएको हो । जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकाका …

२५ वटा कम्पनीको आईपीओ आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ । यी कम्पनीले कुल ६ अर्ब …

सिमेन्टको गुणस्तर नपाइएपछि मारुती सिमेन्टको इजाजत रद्द

काठमाडौं । मापदण्डअनुसार मारुती सिमेन्टको गुुणस्तर नपाइएपछि सिमेन्टको इजाजत रद्द गरिएको छ । मारुती सिमेन्टले उत्पादन गरेर बजार पठाएको सिमेन्ट गुणस्तर नै रहेको दाबी गरेर गुुणस्तर विभागलाई भने तापनि विभागले इजाजत रद्द गरिदिएको हो । विभागका महानिर्देशक विश्वबाबु पुुडासैनीले गुुणस्तरहीन …

ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो । फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने …

रोकिएन घुस खाने क्रम, सबैभन्दा बढी भ्रष्टाचार उपसचिव र अधिकृतबाट

काठमाडौं । सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण गर्दा सबैभन्दा बढी भ्रष्टाचार शाखा अधिकृत र उपसचिवस्तरका कर्मचारीबाट भएको …