तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जुम्मा । जुम्लामा अपाङ्गता  भएका कोरोना प्रभावित २४९ र विपन्न गरी ५५५ लाई राहत वितरण गरिएको छ । कोरोना प्रभावित विपन्न नागरिक र अपाङ्गता भएका व्यक्तिको दैनिकी सहज बनाउन राहत वितरण गरिएको हो । जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकाका ५५५ लाई राहत वितरण गरिएको अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्र जुम्लाले जनाएको छ । 

कोरोनाबाट प्रभावित परिवारको सहायता कार्यक्रमअन्तर्गत करिब छ महिना पुग्ने खाद्यान्न वितरण गरिएको अध्यक्ष नन्दराज धितालले बताउनुभयो । विभिन्न खाद्य सामग्री वितरण गरिएको परियोजना संयोजक ठालुराम चौधरीले बताउनुभयो ।  विपन्न परिवारमा अपाङ्गता भएका व्यक्ति बढी भएकाले राहत वितरणमा तिनलाई प्राथमिकता दिइएको हो । टुहुरा बालक, एकल महिला, ज्येष्ठ नागरिकलाई समेत राहत वितरण गरिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …