तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ । यी कम्पनीले कुल ६ अर्ब ८० करोड ७६ लाख ४ सयबराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।

सात कम्पनीको हकप्रद सेयर पाइपलाइनमा

यसैगरी, सेबोनको पाइपलाइनमा रहेका ६ वटा कम्पनीले कुल १ अर्ब ६५ करोड २८ लाख ६४ हजार ६ सय रुपैयाँबराबरको हकप्रद निष्कासनका लागि अनुमति मागेका छन् । अनुमति मागेका कम्पनीहरूमा दुईवटा बिमा, दुईवटा हाइड्रोपावर, दुईवटा फाइनान्स र एउटा विकास बैंकको हकप्रद रहेका छन् ।

आईपीओको तयारीमा रहेका २५ वटा कम्पनीमध्ये ६ वटा लघुवित्त वित्तीय संस्था, दुईवटा इन्स्योरेन्स कम्पनी, १५ वटा हाइड्रोपावर कम्पनी र दुई अन्य समूहका कम्पनी रहेका छन् । अन्य समूहका कम्पनीमा इमर्जिङ नेपाल र डिस मिडिया नेटवर्क छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार २५ वटा कम्पनीमध्ये सबैभन्दा बढी ग्रिन भेन्चर लिमिटेडले ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । सो कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले १ सय १२ प्रिमियम थप गरी प्रतिकित्ता २ सय १२ मा आईपीओ निष्कासन गर्न लागेको हो । रिलायबलको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

२५ वटा कम्पनीको आईपीओ कहिलेबाट जारी हुने भने निक्र्योल भइसकेको छैन । धितोपत्र बोर्डमा निवेदन दिएपछि बोर्डले अध्ययन गर्ने, कागजात माग्दै कमेन्ट पठाउने काम गरिरहेको छ ।

सबै प्रक्रिया पूरा भएपछि धितोपत्र बोर्डले स्वीकृति दिई आईपीओ निष्कासनको प्रारम्भिक मिति तय गर्नेछ । पाइपलाइनमा रहेका कम्पनीमा सयपत्री हाइड्रोपावर, इमर्जिङ नेपाल, मोलुङ हाइड्रोपावर, रिलायबल लाइप इन्स्योन्स, थ्री स्टार हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, स्वेतगंगा हाइड्रो, मन्दाकिनी हाइड्रो र सिकिज हाइड्रोको प्रारम्भिक समीक्षा भइरहेको सेबोनले जनाएको छ ।

यसैगरी, डिस मिडिया, आईएमई लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त, रिभर फल्स पावरको समीक्षा सकी कमेन्ट पठाइसकेको धितोपत्र बोर्डले उल्लेख गरेको छ ।

त्यस्तै, समीक्षाको अन्तिम चरणमा रहेका कम्पनीमा विन्ध्यबासिनी हाइड्रो, हिमालयन हाइड्रो, बलेफी हाइड्रो, ग्रिन भेन्चर, नेस्डो समृद्ध लघुवित्त, डोर्डीखोला जलविद्युत्, अपर सोलु हाइड्रो, अपर हेवाखोला हाइड्रो, जल्पा सामुदायिक लघुवित्त र राष्ट्रउत्थान लघुवित्त रहेका छन् ।

दोस्रो बजारमा हुने उतारचढाव र आईपीओ परे छोटो समयमा नै सेयर सूचीकृत भई दोस्रो बजारमा कारोबार सुरु हुने अनि नपरे ब्याज पनि पाइने भएकाले लगानीकर्ताहरू झन् झन् आकर्षित हुँदै आएका छन्

सेयरबजारमा आकर्षण बढेसँगै सेयर कारोबार गर्नका लागि डिम्याट खाता खोल्नेको संख्या ४७ लाख १२ हजार नाघिसकेको छ ।

नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नभएका कारण अहिले आईपीओ निष्कासनको पाइपलाइन भएता पनि अन्तिम निर्णय दिइसकेको छैन । अध्यक्ष नियुक्तिसँगै यो आर्थिक वर्षमा २५ वटामध्ये अधिकांशको प्रारम्भिक सेयर निष्कासन हुने बताइएको छ ।

यसैगरी, हकप्रदको पाइपलाइनमा रहेका सातवटा कम्पनीमा अपी पावर, नेपाल फाइनान्स, छ्याङ्डी हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स रहेका छन् ।

जसमध्यै शिखर इन्स्योरेन्सले १०ः३ अनुपातमा कुल ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद निष्कासन गर्नेछ ।

यसैगरी, आईएमई जनरल इन्स्योरेन्सले १०ः४ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको छ । अनुमति पाएमा यो कम्पनीले १०० अंकित दरका कुल ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद निष्कासन गर्नेछ ।

कर्पोरेट डेभलपमेन्ट बैंकले पनि १ः१.५ प्रतिशतमा कुल ३० लाख कित्ता हकप्रद निष्कासन गर्ने तयारी गरेको छ । समृद्धि फाइनान्सले २ः१ अनुपातमा २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्कासनको तयारी गरेको धितोपत्र बोर्डले जनाएको छ ।

नेपाल फाइनान्सले पनि १ः०.७ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ५४ हजार ४ सय ७४ कित्ता हकप्रद निष्कासनका निवेदन दिएको छ ।

अपी पावरले भने १ः०.३९ अनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद बाँड्दै छ । छ्याङडी हाइड्रोपावरले १०ः३ अनुपातमा ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्कासन गर्न अनुमति मागेको छ ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …