म्याग्दीका पाटीपौवा र ढुङ्गेधारा लोप हुँदै

गलेश्वर। गाउँका विकट बस्तीमासमेत सडक पुगेपछि म्याग्दीका विभिन्न ठाउँमा बटुवाका लागि बनाइएका पाटीपौवा र धर्मशाला लोप हुँदै गएका छन् । सडक सुविधाको पहुँच, आधुनिक जीवनशैली, बसाइँसराइलगायत कारणले ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका प्राचीन तथा ऐतिहासिक ग्रामीण सम्पदा लोप हुन …

नक्कली फेसबुक बनाइएकामा कारवाहीको माग

बैतडी। नेपाली कांग्रेस बैतडीको नाममा नक्कली फेसबुक आइडी बनाइएको आरोप लगाउँदै नेपाली कांग्रेस बैतडीले आपत्ति जनाएको छ । उक्त आइडीबाट पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या गरिएको आरोप लगाउँदै आसन्न अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवार रहनुभएका चन्दको नाममा केही …

चन्द्रागिरि जुवा खालबाट नगदसहित सोह्रजना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले रु चार लाख ४३ हजार ५०३ नगदसहित १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–१४ पुरानो नैकापस्थित शङ्कर थापाको घरबाट जुवा खेलिरहेको अवस्थामा १६ जनालाई …

बस दुर्घटनामा सात जनाको मृत्यु

दाङ। सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नं को यात्रुबाहक बस कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार घटनास्थलबाट उद्धार गरिएका पाँच र घटनास्थमै …

किसानलाई अनुदानमा आलुको बीउ वितरण

रामपुर। रम्भा गाउँपालिकाले आलुखेतीलाई प्रवद्र्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार यसवर्ष ४५७ क्विन्टल बीउ ५० प्रतिशत अनुदानमा पाँचवटै वडाका आलु किसानलाई वितरण गरेको हो । आलु खेतीलाई व्यवसायीकरण गर्नका लागि किसानलाई उत्प्रेरित …

बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोबाट एकलाख ७५ हजार सहयोग

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाका लागि सहयोगस्वरूप लागि रु एक लाख ७५ हजार उपलब्ध गराइएको छ । तिहारका अवसरमा देउसी भैलो खेली सहयोग रकम जुटाइएको बेवारिसे गाईबाच्छा संरक्षण अभियानकर्मी ईश्वर …

भारतीय सवारी साधनको तथ्याङ्क सङ्कलन गरिने

सर्लाही। प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्याङ्क सङ्कलन गर्न लागेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक …

सूर्य उपासनाको पर्व छठ सुरु

महोत्तरी। मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ । बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ सिुवधिसँगै छठ प्रारम्भ गर्दैछन् । सामान्यतया कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुन्छ । बर्तालुले पर्व सुरु हुनु एक दिनपूर्व नै …

जनशक्ति अभावका कारण बेनी अस्पतालको सेवा प्रभावित

बेनी । यहाँस्थित बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभावमा सेवा प्रभावित भएको छ । पचास शय्या क्षमताको अस्पतालले अस्थायी संरचना र करार जनशक्तिका भरमा ६४ शय्या सञ्चालन गरेको छ । पन्ध्रबाट ५० शय्यामा स्तरोन्नति भएको पाँच वर्षसम्म पनि अस्पतालको नयाँ …

नेपालमा कोभिड–१९ सङ्क्रमण घट्दो क्रममा

काठमाडौँ। पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घन्टामा पीसीआर र एन्टिजेन विधिबाट कूल तीन हजार ९३२ को नमूना परीक्षण गर्दा १३९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल …