• आईतबार, साउन-१७,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

म्रिस्तीखोलाको व्यावसायिक विद्युत् उत्पादन सुरु

म्याग्दी । म्रिस्तीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित सो आयोजनाबाट व्यवसायिक विद्युत् उत्पादन थालिएको हो । माउन्टेन इनर्जी नेपालले बनाएको म्रिस्तीखोला जलविद्युत् आयोजना मुलुककै स्वदेशी लगानीमा निर्माण भएको सबैभन्दा ठूलो र लागतको हिसाबले सस्तो …

सञ्चार संस्थालाई निःशुल्क विद्युत उपलब्ध गराउने तयारी

प्रदेशभित्र सञ्चालित सबै सञ्चार संस्थालाई निःशुल्क बिजुली उपलब्ध गराउने योजनामा प्रदेश नं २ सरकार लागेको ऊर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्माले जानकारी दिनुभएको छ । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेशभित्र सञ्चालित …

‘विर्तामोड–भद्रपुर’ जिल्लाकै पहिलो फोरलेन सडक

विर्तामोडको मुक्तिचोकदेखि दक्षिण गरामनीसम्म ‘फोरलेन’ भएको चार किलोमिटर सडक बनेको छ । यो जिल्लाकै पहिलो फोरलेनको सडक हो । ‘विर्तामोड–भद्रपुर सडक’को १७ किलोमिटरमध्ये पहिलो खण्डमा चार किमी बनेको हो । दोस्रो चरणमा गरामनीदेखि जिल्लाको सदरमुकाम चन्द्रगढीसम्म ८.४१ किमी सडकलाई चारलेन …

मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काइयो

मनाङ भएर बग्ने मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो । नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिनादिनसम्म थुनिएर ड्याम बनेको र यसका कारण चामे बजार …

माछापुछ्रे गाउँपालिकाको प्रशासकीय भवनको निर्माण तीव्र

कास्की ।  कास्कीको माछापुछ्रे गाउँपालिकाको अत्याधुनिक एवं सुविधासम्पन्न प्रशासकीय भवन निर्माण कार्यले तीव्रता पाएको छ । कोरोना कहरबीच स्वास्थ्य मापदण्ड अपनाएर निर्माण कार्यलाई अघि बढाइएको हो विसं २०७८ फागुन १६ गतेसम्ममा सम्पन्न गर्ने गरी निर्माणका लागि नयाँ बाटो÷जिएस इञ्जिीनियरिङ जेभीसँग …

नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रक्रिया रद्द

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो । स्याटेलाइट राख्न माग गरिएका कम्पनीहरुमध्ये छनोटमा परेका कुनै पनि …

काभ्रे–सिन्धु एकीकृत एम्बुलेन्स सेवा प्रभावकारी

काभ्रेपलाञ्चोक: पिसाब बन्द भएर सिन्धुपाल्चोकको बाह्रबिसेबाट उपचारार्थ बुधबार काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल आउने क्रममा एम्बुलेन्समै ७६ वर्षीय एक वृद्धलाई निकै पीडा भइरहेको थियो । एम्बुलेन्सकै तालिमप्राप्त स्वास्थ्यकर्मीले ‘क्याथेटर’ हालेर पिसाब बाहिर निकालिदिएपछि ती वृद्ध सञ्चो मानेर निकै खुशी पनि हुनुभयो । …

मन्त्री भुसालले मागिन स्पष्ट जवाफ

काठमाडौँ । सरकारले लामो समयदेखि विवादको घेरामा रहेको डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन स्वयम् नेपाल विद्युत् प्राधिकरणलाई नै जिम्मेवार बनाउने भएको छ । प्राधिकरणमा आज आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्राधिकरणका जिम्मेवार कर्र्मचारीले किन महसुल उठाउन सकेनन्, …

फुकोट कर्णाली जलविद्युत् आयोजनाको मुआब्जाप्रति स्थानीयवासी असन्तुष्ट

मान्म । फुकोट कर्णाली जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका स्थानीयवासीले मुआब्जा निर्धारणमा असन्तुष्टि जनाएका छन् । जिल्लाको दरभन्दा प्रभावित क्षेत्रका जग्गा धनीहरुले मुआब्जा कम भएको भन्दै असन्तुष्टि जनाएका हुन् । जिल्ला दररेट निर्धारण समितिले हचुवाका भरमा निर्णय गरेको रास्कोट–८ का अनन्त …

रसुवागढी नाकाबाट पहिलो पटक जुम क्रेन आयात

रसुवा। नेपालको उत्तरीनाका रसुवागढीबाट विकास निर्माणमा प्रयोग हुने ठूलोखाले जुम क्रेन पहिलोपटक आयात भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र २ एवं उत्तरगया गाउँपालिका–१ को हाकु, गोगने, मैलुङको आधार इलाकामा निर्माण चरणमा अगाडि बढेको २१६ मेगावाट माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामार्फत …