हुम्लाका लागि सात हजार क्विन्टल चामल स्वीकृत

सिमकोट । सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड हुम्ला शाखाका नायब सुब्बा भरत अधिकारीले जानकारी दिनुभयो …

भैरवनाथको रथ तानातान गर्दै शुरूभयो बिस्का जात्रा

काठमाडौँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शनिबारबाट शुरु भएको छ । यो जात्रा भक्तपुर नौ दिन आठ रात सम्म चल्ने छ । जात्रा शनिबार साँझ टौमढीस्थित ङातापोल मन्दिर अगाडिबाट भैल खः ले भैरवनाथको रथ तानातान गर्दै …

राष्ट्रपतिद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट नेपालले पुरानो मित्र गुमाएको बताउनुभएको छ ।  यसैगरी …

पत्रकार महासङ्घको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ ।  महासङ्घ निर्वाचन समितिका सदस्यकाअनुसार आज दिउँसो सकिएको मतगणनाअनुसार अध्यक्षमा पोखरेल नेतृत्वको समूहले बढी जित हासिल गरेको छ । निर्वाचन समितिले आज …

उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र सडक विभागबीच सहमति

काठमाडौँ । राजधानीमा मेलम्चीको पानी वितरणका क्रममा हुनसक्ने चुहावट नियन्त्रण तथा मर्मत गर्ने क्रममा सडक खन्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र सडक विभागबीच सहमति भएको छ । केयूकेएलका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले पानी वितरणको क्रममा पाइनलाइनबाट हुने …

चार्जमा राखेको मोबाइल पड्किँदा एक महिला गम्भीर घाइते

भोजपुर । चार्जमा राखेको मोबाइल पड्किँदा एक महिला गम्भीर घाइते भएकी छिन् ।  भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।      तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ …

पुर्वमन्त्री केसी भोली ईटहरी जाँदै

ईटहरी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसी भोली ईटहरी जाने हुनु भएको छ । नेपाली कांग्रेस १ नम्बर प्रदेश सम्पर्क समितिको (झापा,मोरङ,सुनसरी,सोलुखुम्बु) कार्यक्रमलाई सम्बोधन गर्न नेता केसी त्याहा जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ। नयाँ …

एक दिनको बाटो तीन घण्टामै

म्याग्दी। धवलागिरि गाउँपालिका–५ मल्कवाङका हरि छन्त्याल घरबाट हिँडेको तीन घण्टामै बेनी आइपुग्नुहुन्छ । गाडी चढेर मल्कवाङबाट हिँडेको तीन घण्टामै बेनी आउन पाएकामा छन्त्याल दङ्ग पर्नुभयो । “यसअघि बिहानै हिँडेर साँझमा घर पुगिन्थ्यो”, उहाँले भन्नुभयो, “गाउँमा सडक पुगेकाले छिटो र सजिलो …

बिस्केट जात्राका लागि नगरपालिकाद्वारा घरघरमा स्वास्थ्य सामग्री वितरण

भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ । जात्राबाट कोरोना सङ्क्रमण फैलिन नदिन र कोरोना रोकथामका लागि आवश्यक सामग्री वितरण शुरु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए …

सुर्खेतमा आगलागी, ९ घर जलेर नष्ट

वीरेन्द्रनगर ।पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो ।  आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आशिंकरूपमा जलेको वडाध्यक्ष युवराज …