राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ ।महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो । उक्त पार्टीको यही मङ्सिर १५–१७ …

पपुलर मत सहित प्रदेश प्रनिनिधिमा प्रमोद राई छनोट

खोटाङ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत नेपाली कांग्रेस खोटाङको सम्पन्न ७ औं क्षेत्रीय अधिवेशन खोटाङ क्षेत्र नम्बर ‘क’ अन्तर्गत प्रदेश अधिबेशन प्रतिनिधिमा प्रमोद राई पपुलर मत सहित विजय भएका छ्न् । राईलाई नेपाली कांग्रेस महासमिति सदस्य रबि प्रकाश राइको …

प्रधानसेनापतिद्वारा पश्चिम कमाण्ड निरीक्षण

काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्माले सुर्खेतस्थित पश्चिम कमाण्ड मुख्यालयकोे आज निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले फौज तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समयसीमा र कार्यान्वयन योजनाका विषयमा जानकारी लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । …

कांग्रेस महाधिवेशनका लागि आर्थिक समिति विस्तार

काठमाडौँ। नेपाली कांग्रेसको आगामी १४औँ महाधिवेशनका लागि गठित आर्थिक समिति विस्तार गरिएको छ । आर्थिक समितिका संयोजक एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चार सल्लाहकार र १० सदस्य मनोनयन गर्नुभएको हो । आर्थिक समितिको सल्लाहकारमा विनोद चौधरी, दीपकुमार उपाध्याय, …

खोटाङ सभापतिमा त्रीपक्षिय भिडन्त पक्कापक्की

खोटाङ । नेपाली कांग्रेस खोटाङको सातौं जिल्ला अधिवेशनमा सभापतिको दौडमा सभापतिका प्रत्यासीहरु महासमिति सदस्य रविप्रकाश राई, पुर्व सभापति विष्णुकुमार राई, र पुर्व राज्यमन्त्री सर्वधन राईको त्रीपक्षिय भिडन्त हुने लगभग निश्चित भईसकेको छ। नेपाली कांग्रेस खोटाङको सभापतिको दौडमा रहेका चार जना …

एमाले अध्यक्षमा उपाध्यक्ष रावलको उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष डा भीमबहादुर रावलले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी घोषणा गर्नुभएको छ । नेता रावलले आज पत्रकार सम्मेलन गरी पार्टीमा १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन १३ को सहीरूपमा पालना नभएकामा आलोचना गर्दै मुलुकका …

सर्वसम्मत पदाधिकारी चयन गर्न प्रधानमन्त्री देउवाको आग्रह

इनरुवा । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गर्नुभएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आज गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन …

काभ्रेको चार प्रदेश क्षेत्रमा नेतृत्व चयन

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकको चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । तीन क्षेत्रमा मतदान भएको थियो भने एक क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । शुक्रबार सुरु भएको तीन क्षेत्रीय अधिवेशनको परिणाम शनिबार अबेर सार्वजनिक …

खोटाङका दुवै प्रदेश क्षेत्रमा रविप्रकाश र विष्णुका संयुक्त उम्मेद्वारद्वारा क्लीन स्विप

खोटाङ । नेपाली कांग्रेस खोटाङको सातौं जिल्ला अधिवेशन अन्तरगत मंसिर ३ गते सम्पन्न दुवै प्रदेश क्षेत्रहरुमा जिल्ला सभापतिका प्रत्यासीहरु रविप्रकाश राई र विष्णुकुमार राईको संयुक्त उम्मेद्वारहरुले क्लीन स्विप गरेका छन। जिल्ला सभापतिका प्रत्यासी विष्णुकुमार राई र रविप्रकाश राईले संयुक्त रुपमा …

राष्ट्रपति आउने भएपछि मटिहानी उत्साहित

महोत्तरी। मुलुकको प्राचीन मिथिला क्षेत्रमा पर्ने महोत्तरीको मटिहानी नगर अहिले उत्सवमय देखिँदो छ । आफ्नो ठाउँमा राष्ट्रप्रमुख (राष्ट्रपति) आउने कार्यक्रमले मटिहानीवासीले यसलाई उत्सवका रुप दिएका हुन् । भोलि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३०३ …