खोटाङ । नेपाली कांग्रेस खोटाङको सातौं जिल्ला अधिवेशन अन्तरगत मंसिर ३ गते सम्पन्न दुवै प्रदेश क्षेत्रहरुमा जिल्ला सभापतिका प्रत्यासीहरु रविप्रकाश राई र विष्णुकुमार राईको संयुक्त उम्मेद्वारहरुले क्लीन स्विप गरेका छन।
जिल्ला सभापतिका प्रत्यासी विष्णुकुमार राई र रविप्रकाश राईले संयुक्त रुपमा प्रदेश क्षेत्र ‘क’ सभापतिमा राजेन्द्र राईलाई र प्रदेश क्षेत्र ‘ख’ सभापतिमा दिनेश घिमिरेलाई अघि सारेका थिए। प्रदेश क्षेत्र ‘क’मा विष्णुकुमार राई र
रविप्रकाश राई पक्षको साझा उम्मेदवार राजेन्द्र राई र अर्का सभापतिका प्रत्यासी सर्वधन राई पक्षको उम्मेद्वार भक्तजंग राई विच प्यानल नै खडा गरि मतदान भएको थियो।
त्यसैगरी प्रदेश क्षेत्र ‘ख’ मा रविप्रकाश राई र विष्णुकुमार राई पक्षको साझा उम्मेदवार दिनेश घिमिरे र अर्का सभापतिका प्रत्यासी भुपेन्द्र राई पक्षको उम्मेद्वार चण्डिराज राई विच मतदान भएको थियो।
प्रदेश क्षेत्र ‘ख’ मा उपसभापति र केही प्रदेश प्रतिनिधि बाहेक सम्पुर्ण प्यानलनै दिनेश घिमिरेको समुहले जितेका छन्।
प्रदेश क्षेत्रको चुनावी परिणामहरु आङ्कलन गर्दा निर्णायक शक्ति दुवै क्षेत्रमा रविप्रकाश राई भएका छन्। सभापतिका प्रत्यासी रविप्रकाश युवाहरु माझ लोकप्रिय मानिन्छन्।
यहि युवाहरुको विश्वासको जगमा “अग्रजको सम्मान, युवाहरुको विश्वास, खोटाङ सभापतिमा रविप्रकाश” को नारा लिएर उनी चुनावी मैदानमा होमिएका छन्।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …