‘तथ्याङ्क विधेयक, २०७८’ पारित

काठमाडौँ। राष्ट्रियसभाले ‘तथ्याङ्क विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयकउपर विधायन …

ठाकुरले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । जनता समाजवादी पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णय उपर महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । बुधबार ठाकुरको रिट निवेदनको सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको …

नेता खनालको सफल मिर्गौला प्रत्यारोषण

काठमाडौँ। नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको सफलतापूर्वक प्रत्यारोषण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आज उहाँको मिर्गौलाको प्रत्यारोषण गरिएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार नेता खनालको अस्पतालका सर्जन डा सन्दीप गुलरियाको नेतृत्वको …

राष्ट्रियसभा बैठक : शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ। राष्ट्रियसभाका सदस्यहरुले शून्य समयमा कोभिड–१९ विरुद्धको खोप, मेलम्चीका बाढीपीडितलाई क्षतिपूर्ति, दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएकाका परिवारलाई न्याय तथा सुकुम्बासीका समस्या चाँडो समाधान गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरुले कोरोना महामारी बढ्दै गएकाले सबैलाई खोपको …

काँग्रेसको पदाधिकारीसहित सदस्यता छानविन समितिको बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारीसहित सदस्यता छानविन समितिको बैठक अपराह्न ३ बजे देखी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको छ । काँग्रेस महाधिवेशन नजिकिदैगर्दा क्रियाशील सदस्यताबारेमा टुङ्गो लाग्न नसकेपछि महाधिवेशन सार्ने तयारी गरिरहेको काँग्रेसले आज पुनः छानविन समितिका …

आयोग विघटन गर्ने निर्णय सच्चाउन एमालेको माग

काठमाडौँ। नेकपा (एमाले)ले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै आयोग विघटन गरी जनताको अपेक्षा र अधिकारमाथि प्रहार गर्ने सरकारको निर्णय अविलम्ब सच्याउन माग गर्नुभएको हो …

साझा कार्यक्रममा राष्ट्रिय योजना आयोगको विचार समेटिने

काठमाडौँ। सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बिहान तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत विचार लिएर बिहीबार अन्तिम रुप दिने भएको छ । सत्तारुढ गठबन्धनको कार्यक्रमलाई अन्तिमरूप दिन बिहीबार पुन ःबैठक बस्नेगरी सकिएको कार्यदलका सदस्य–सचिव …

दार्चुला घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड

चितवन। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले दार्चुलामा भएको घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । बुधबार पत्रकारहरुसँगको कुराकानीमा उहाँले नागरिकको जीवन रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले यस घटनामा सबै दल एकै ठाउँमा हुनुपर्ने र संसद्को तागत सरकारलाई सुम्पनुपर्ने …

कर्णालीमा गुम्यो एमालेको एकल बहुमत

कर्णाली। नेकपा (एमाले)का चार प्रदेशसभा सदस्यलाई पार्टीले पदमुक्त गरेको निर्णय सर्वोच्च अदालतले सदर गरेपछि कर्णाली प्रदेशमा एमालेको एकल सरकार गठन गर्ने प्रयास विफल हुने भएको छ । पार्टीको आन्तरिक विवाद मिलाएर सरकारको नेतृत्व गर्ने कसरतमा जुटेका नेताहरुले अन्ततः आफँैले गरेको …

गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो । भेटमा गृहमन्त्री …