नेप्से र सेबोनका अध्यक्षलाई कारवाही गर्न निर्देशन

काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल धितोपात्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ । अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधुु मरासिनीसँग बोर्ड र नेप्सेका …

आत्महत्या प्रयास गर्ने छ जनाको उद्धार

इनरुवा। सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो …

कैद र लाखौँ जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ

काठमाडौँ। अदालतबाट कैद सजाय र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको दक्षिणकाली नगरपालिका– ३ बस्ने ४० वर्षका समुन्द्रकेशर केसी र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई काठमाडौँको डल्लु बस्ने ४८ वर्षीय …

गोठबाट गाईको बाछी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ

कास्की । गोठबाट गाईको बाछी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।  प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार पक्राउ पर्नेमा बागलुङ निसीखोला गाउँपालिका–६ घर भई पुरन्चौर बस्ने २८ वर्षीय असारी घर्ती, २२ वर्षीय सविन …

तुइन काटिएपछि व्यासमा खाद्यान्न ढुवानी हुन सकेन

दार्चुला। यही साउन १५ गतेदेखि व्यासमा खाद्यान्न ढुवानी हुन नसकेपछि खाद्यान्न अभाव भएको छ । नेपालतिर बाटो नहुनु र भारतबाट खाद्यान्न ढुवानी गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सबै तुइन काटेपछि सो क्षेत्रमा खाद्यान्न अभाव भएको हो । यहाँका …

चोरीका पाँच मोटर साइकलसहित चार पक्राउ

सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिा–६ स्थित त्रियुगा सहकारी संस्था अगाडिबाट चोरी भएको पाँच मोटर साइकलसहित चार पक्राउ परेका छन् । प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ का २३ वर्षीय मासुम मियाँ, सोही ठाउँका २१ वर्षीय अकबर, सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का ३५ वर्षीय पोष्टराज …

बैंकिङ कसूर र लिखत सम्बन्धी कसूरमा संलग्न फरार प्रतिवादी पक्राउ

काठमाडौं। बैंकिङ कसूर र लिखत सम्बन्धी कसूरमा संलग्न फरार प्रतिवादी काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-१ बस्ने ४३ वर्षीय केदार ढुंगाना पक्राउ परेका छन् । ललितपुर जिल्ला अदालतबाट २०७७ पुस २० गतेको फैसलाले सरकारी छाप तथा दस्तखत कीर्ते (हालको मुलुकी अपराध संहिता, २०७४ …

स्याललाई हानेको बन्दुकले छोराको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । बुवा ५६ वर्षीय कर्णबहादुर लम्तरीले घरदेखि अन्दाजी १०० मिटर नजिकै मकै बारीमा भरुवा बन्दुकले जङ्गली स्याललाई हान्ने क्रममा अचानक छोरा …

लागुऔषध अफिमसहित एक पक्राउ

किमाथाङ्का। सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईं रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला …

 तीन बर्षीया बालिकासहित तीनको गोली लागि मृत्यु भएको पुष्टि

लन्डन। बेलायतको दक्षिणपश्चिमी शहर प्लाइमाउथमा एक व्यक्तिले चलाएको गोली लागी एक बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको बेलायती प्रहरीले शुक्रबार पुष्टि गरेको छ । प्रहरीले भनेको छ, “बिहीबार राति एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएको र उक्त घटनामा मारिनेमा एक तीन …