बीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिरहाका ५५ वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाकाअनुसार अत्यधिक खोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि भदौ ६ गते सिरहा नगरगरपालिका १ बस्ने ती पुरुष …

कास्कीको हेम्जा केन्द्रविन्दू भएर ३.१ रेक्टर भूकम्पको धक्का

कास्कीको हेम्जा केन्द्रविन्द भएर भूकम्प गएको छ । हेम्जा केन्द्रविन्दू भएर बिहीवार साँझ ५ः२७ बजे ३.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महसूस गरिएको थियो …

उपत्यकामा एकैदिन ३७७ जनामा भेटियो कोरोना संक्रमण

काठमाडौं उपत्यकामा एकै दिन ३७७ जना कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो । २४ घन्टाको अद्यावधिक विवरण अनुसार बुधबार …

२४ घन्टामा थप ८ को मृत्यु ,कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ पुग्यो

कोरोना संक्रमणबाट २४ घन्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको …

पछिल्लो २४ घन्टामा १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि

मुलुकभर थप १ हजार १११ जनामा कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कूल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । …

प्रदेश अस्पताल सुर्खेतका ६ चिकित्सकमा सङ्क्रमण, ओपिडी सेवा बन्द

प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ । अस्पतालका निर्देशक डा डम्बर खड्काले कोरोना …

शिक्षण अस्पतालका ५५ जना नर्सले दिए राजीनामा

नोबेल शिक्षण अस्पताल विराटनगरका आकस्मिक सेवाका ५५ जना नर्सले सामूहिक राजीनामा दिएका छन् । कोरोना महामारीको समयमा मेडिकल कलेजले व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीको प्रबन्ध नगरेको, पारिश्रमिक नियमित रूपमा उपलब्ध नगराएको तथा न्यूनतम पारिश्रमिकमा काम गर्दै आए पनि १५ दिन घरमै बस्न …

बुटवलमा उपचाररत कोरोना संक्रमित १ जनाको मृत्यु

बुटवलको कोरोना अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको मृत्यु भएको कोभिड अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले बताए । लामो समय देखि उच्च रक्तचाप, मधुमेहको बिरामी रहेका उनको …

झडप नियन्त्रणमा लिन चलाएको गोली लागेर झापामा एकको मृत्यु

झापामा भएको झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको ज्यान गएको छ। झापा गाउँपालिका- ३ कामाटोलीमा गोरु काटेको निहुँमा भएको झडपमा प्रहरीको गोली लागी घाइते भएका ३८ वर्षीय रमिफुन आलमको मृत्यु भएको झापाका प्रमुख जिल्ला …

यस्तो छ नेपालको पछिल्लो २४ घन्टाको कोराना अपडेट

पछील्लो २४ घण्टामा नेपालमा थप ८८५ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । २४ घन्टामा ३८५ जना निको भएर …