मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट १५ जना अपराधीलाई आममाफी

काठमाडौं। प्रजातन्त्र दिवसका अवसरमा सरकारले कैदी–बन्दीको बाँकी सजाय मिनाहा गर्ने आमचलन छ । चालचलनमा सुधार भएका र कम्तीमा आधा कैद भुक्तान गरेका कैदी–बन्दीलाई बाँकी सजाय मिनाहा गर्ने प्रचलनअनुसार पाँच सय ८० जना छुटेका हुन् । तर, यसपालि मन्त्रिपरिषद्को छुट्टै सिफारिसमा …

‘लोभले लाभ, लाभले विलाप’: चिट्ठाको प्रलोभनमा लाखौँ स्वाहा

काठमाडौँ । राजधानीको एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएपबाट ‘कौन बनेका करोडपति’ अफरअन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको सूचना आउँछ । ती नर्स खुसीको ‘खबर’ भन्दै चिट्ठा परेको सूचना पाउँदा आमासँगै खुसी हुँदै फुरुङ्ग बन्छिन् । खुसीको खबर बुबासम्म पनि पुग्छ । नर्सका बुबा …

निर्वाचनसम्बन्धी सबै तयारी तीव्र

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी आन्तरिक र बाह्य सबै तयारी तीव्र रूपमा अगाडि बढाइरहेको बताउनुभएको छ । निर्वाचनको तयारीबारे आइतबार गोरखापत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो, “आयोगले कार्यतालिकाअनुसार नै काम गरिरहेकाले ढिला भएको छैन ।” …

फुलेकोे तोरी उखेल्न नपाउँदै ओइलिइन् भागरथी

शुक्रबार भागरथी भट्टको अन्तिम संस्कार गरेर घर फर्किएका केशव भट्टलाई आफ्नी आमालाई सम्हाल्न गाह्रो भइरहेको छ । आमा द्रोपती छोरीले बारीमा छरेको तोरी फुलेको देखेर छिनछिनमा भक्कानिएर रुन्छिन् । भागरथीको याद आउने घरका सबै वस्तु हटाइए पनि बारीमा ढकमक्क फुलेको …

सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा राख्न माग

काठमाडौँ । सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग गरेका छन् । वैज्ञानिक भाडादरको व्यवस्था भए पनि कार्यान्वयन नहुने र हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन थालेपछि व्यवसायीले यस्तो माग गरेका हुन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका …

काठमाडौँ–तराई द्रुत मार्गको सुरुङ र पुलको बोलपत्र आह्वान

काठमाडौँ । काठमाडौँ–तराई द्रुत मार्गको सुरुङ मार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि प्रक्रिया सुरु भएको छ । द्रुत मार्गको ‘माइलस्टोन’का रूपमा लिइएको सुरुङ मार्ग तथा हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि बोलपत्र आह्वान गरिएको द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएका …

प्रतिनिधिसभा विघटनको फैसला कहिले ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको पक्ष–विपक्षमा शुक्रबारदेखि बहस सकिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकार र निवेदकका वकिललाई फागुन १० गतेभित्र ‘बहस नोट’ पेस गर्न आदेश दिएको छ। संवैधानिक विवादमा निर्णयमा पुग्न सहजताका लागि इजलासले बहसको सारसंक्षेप माग …

गृहमन्त्री थापाको कोटामा नियुक्त प्रदेश प्रमुख परियार बर्खास्त

प्रजातन्त्र दिवसको कार्यक्रममा सरिक भएर फर्किएलगत्तै पदमुक्त गरिए परियार उहाँहरुले प्रतिनिधिसभालाई ‘कु’ गरेको जस्तै एकाएक मलाई पनि ‘कु’ गर्नुभयो । – तिलक परियार संसद् विघटनको असंवैधानिक कदमपश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन …

भत्ताले एकल पुरुषको जीवन सहज

ललितपुरको बागमती गाउँपालिका–४ स्थित प्युटारका एकल पुरुष बलबहादुर घलेलाई गाउँपालिकाले प्रदान गरेको “एकल पुरुष’ भत्ताले दैनिकी चलाउन सहज भएको छ । ६३ वर्षीय एकल पुरुष घलेको अन्य कुनै आम्दानीको स्रोत नहुँदा गाउँपालिकाले प्रदान गरेको मासिक एक हजार रुपियाँ भत्ताबाट उनले …

नागरिक सर्वोच्चता स्थापित गर्न आह्वान

प्रहरीले टुँडिखेल छिर्न नदिएपछि बृहत् नागरिक आन्दोलनद्वारा छेउमै कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक काठमाडौँ ।बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको ठहर गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनपछि निरन्तर प्रदर्शनरत नागरिक आन्दोलनले शुक्रबार टुँडिखेल …