थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग: काठमाडौँ र धादिङ दुवैतर्फ काम सुचारु

काठमाडौँ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौँतर्फबाट सुरुङ खन्ने काम शुक्रबारदेखि सुरु हुँदैछ । धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ । सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनका इन्जिनियरले निर्माणस्थलमा बिहीबार विशेष पूजाआजा गरिएपछि शुक्रबारदेखि सुरुङ खन्ने …

जोखिम न्यूनीकरण र परिणाममुखी बनाउन योजनाबद्ध प्रयत्न गरिने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत् जोखिम न्यूनीकरणलाई दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले २३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भूकम्पलगायतका …

शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव

काठमाडौं । कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पु-याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष प्रस्ताव लगेको …

नेकपामा दुवै समूहका फरक फरक रणनीति

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूह देशभर आवश्यक माहोल खडा गर्दै निर्वाचनको तयारीमा होमिएको छ भने नेकपाका माधवकुमार नेपाल …

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा , सीमा विवाद र कोरोना भाइरसविरुद्धको खोप मुख्य एजेन्डा

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन बिहीबार भारत पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँस्थित प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्ने कार्यक्रम रहेको छ । शुक्रबार भने परराष्ट्रमन्त्री ज्ञवाली दिनभर व्यस्त हुने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणको विषयमा …

संसद् पुनःस्थापना भए काँग्रेस सभापति देउवा प्रधानमन्त्री

काठमाडौं ।नेकपाको प्रचण्ड–माधव नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न काँग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । प्रचण्ड–माधवले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनः …

सुदृढ एकताको विशेषतायुक्त देश-ओली, सामाजिक सद्भाव अभिवृद्धि गर्न पर्वले अभिप्रेरित गर्छ – देउवा

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपालका प्रचलित पर्वहरूका विविधता हाम्रा बहुमूल्य सम्पत्ति भएको चर्चा गर्नुहुँदै विविधताबीच सुदृढ एकता र सहिष्णुताको यस पुँजीलाई …

रेमिट्यान्स ११ प्रतिशतले वृद्धि: पाँच महिनामा ४ खर्ब १७ अर्ब रुपैयाँ भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको गत मंसिरसम्ममा ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण आप्रवाह) भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आव २०७७-७८ को बितेका पाँच महिनाको गत मंसिर मसान्तसम्ममा रेमिट्यान्स भित्रिने क्रम १० दशमलव ९ …

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ हुने इजलास अझै टुंगिएन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ संवैधानिक र बृहत् पूर्ण इजलासमध्ये कुनमा गर्ने भन्ने विषयमा टुंगो लगाउन अझै केही समय लाग्ने भएको छ । बुधबारको सुनुवाइमा कुन इजलासमा बहस गर्ने भन्ने विषयमा सर्वोच्चले टुंगो लगाउन सकेन । …

स्वास्थ्य क्षेत्रको संगठन संरचना परिमार्जन सकस बन्दै

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको संगठन संरचना परिमार्जन गर्ने कार्यक्रम अघि सारे पनि कार्यान्वयनमा सकस देखिएको छ । सरकारको नीति तथा कार्यक्रम २०७७-७८ मा राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण, सेन्टर फर डिजिज कन्ट्रोल र खाद्य तथा औषधि प्राधिकरण स्थापना गर्ने भनिए …