खोप अभियानले जगायो आशा

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप अभियानको विकासले नेपाललगायत सबै मुलुकलाई आशा जगाएको बताउनुभएको छ । विश्वले कोभिड–१९ महामारीको बोझ खेपिरहेका बेला कोभ्याक्स र अनुदान खोपले राहत दिएको उहाँले औँल्याउनुभयो । भारतलगायत अन्य छिमेकी मुलुकले कोभ्याक्स अभियानको खोप भिœयाउन गरिरहेको …

सत्तामा निर्णायक कांग्रेस, दाहाल–नेपालले गरे सत्ता सहकार्यको प्रस्ताव

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर संसद् सुचारु भएसँगै सरकार गठनको प्रक्रियासमेत सुरु हुनेछ । सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको निर्णय गर्दा …

पशुपतिनाथको मन्दिरमा १ सय ८ केजी सुनको जलहरी राखियो

काठमाडौं । भगवान पशुपतिनाथ मन्दिरमा सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको छ । बुधबार पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा १०८ केजी सुनको जलहरी राखिएको हो । गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा …

नेकपामा दुवै समूह आ-आफ्नो रणनीतिमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । दाहाल नेपाल समूहले वर्तमान परिस्थितिको विश्लेषण गर्दै सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अघि बढ्ने रणनीति बनाएको छ भने …

चिकित्सक लाइसेन्स परीक्षाफल प्रकाशित

काठमाडौं। नेपाल   मेडिकल   काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा मेडिकलतर्फ ५५ दशमलव ७५ र डेन्टलतर्फ ४४  दशमलव  ८५  प्रतिशत  विद्यार्थी  उत्तीर्ण  भएका  छन्  । काउन्सिलका  रजिस्टार  तथा  प्रवक्ता  डा.  कृष्णप्रसाद  अधिकारीले  गत  फागुन  ९,  १०  र  ११  …

प्रतिनिधिसभा पुन:स्थापनापछिको चुनौती र परिस्थितिबारे सूक्ष्म आकलन गरिरहेका छौँ : नेपाली सेना

काठमाडौँ ।नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न …

फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो:

काठमाडौं।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपनि व्यवहारिक रुपमा फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो रहेको छ । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त छ । सडक आन्दोलनदेखि जनप्रदर्शनसम्मा उनीहरुले अलग–अलग पार्टीको अभ्यास गरिसकेका छन् । …

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्‍न : सल्लाहकार थापा

काठमाडौँ ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने बताएका छन् ।  मंगलबार साँझ सामाजिक सञ्‍जालमा स्टाटस लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने तर तत्काल राजीनामा नदिने बताएका हुन् । ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको …

प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलापछि अदालतमा जे देखियो

काठमाडौं ।प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतको फैसला मंगलबार साँझ  हुनेबारे रिट निवेदकहरूले समेत पत्तो पाएनन्। फैसला आउँदा सर्वोच्चको परिसर अगाडि न भीडभाड हुन पायो। न रिट निवेदकले त्यहाँ आएर खुुसी साटासाट गर्न नै पाए। उनीहरूले फोनमार्फत नै एकआपसलाई बधाई दिए।  मंगलबार …

जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

काठमाडौँ । एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम …