दुर्गन्धित बन्दै सेती नदीः भविष्यमा विकराल समस्या आउन सक्ने विज्ञको चेतावनी

डोटी। सेती नदीलाई पवित्र मानिन्छ । यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको सेती नदीमा दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि दुर्गन्धित बन्दै गएको …

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

जाजरकोट। जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले उत्पादन सुरु गरेको छ । रु ८० लाखमा खरिद गरिएको उक्त प्लान्टबाट दैनिक ४० भन्दा वढी सिलिण्डर भर्न सकिने छ । पचास श्ययाको जिल्ला अस्पतालका नयाँ संरचना निर्माण समेत जारी छ । झण्डै …

नेपाल–कोरियामैत्री अस्पतालमा निःशुल्क मुटु रोगको सेवा

काठमाडौं । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले निःशुल्क मुटुरोग परीक्षण तथा निःशुल्क ईको (मुटुको भिडियो एक्सरे) सेवा सञ्चालन गरेको छ । शिविरमा अन्य सेवामा समेत २० प्रतिशत छुटको व्यवस्था गरेको छ । अस्पतालले आगामी ९ गतेसम्म निःशुल्क सञ्चालन हुने …

पछिल्लो २४ घण्टामा २३२ जनामा सङ्क्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८४५ जनामा पीसीआर परीक्षण गरिएकोमा २३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार २७८ जनामा एन्टिजेन परीक्षण गर्दा ६ …

थप २४२ मा सङ्क्रमण पुष्टि

काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार १३६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको …

औषधीजन्य वनस्पति जडीबुटीका बिरुवा निःशुल्क वितरण

काठमाडौं । औषधीजन्य वनस्पति लेमनग्रास, पत्थर चट्टा एवं गुर्जोका दुई हजार ५०० बिरुवा वितरण गरिएको छ । पतञ्जलि योग पीठ नेपाल, मण्डिखाटारको नवनिर्मित भवनको उद्घाटनका अवसरमा शुक्रबार निःशुल्करुपमा जडीबुटीका बिरुवा वितरण अभियानमा लाग्नुभएका आन्तरिक राजस्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर …

काठमाडौं उपत्यकामा वायुप्रदूषण उच्च, मुटुका रोगीहरू बढी प्रभावित

काठमाडौं । काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा वायू प्रदूषणको जोखिम बढ्दै गएको पाइएको छ । बिहीबार र शुक्रबार राजधानी काठमाडौंको मौसम अत्यन्तै प्रतिकूल रह्यो । काठमाडौं उपत्यकामा वायुप्रदूषण उच्च देखिएको भन्दै वातावरणविद्हरूले स्वास्थ्यमा पर्ने असर कम गर्न विशेष ख्याल गर्नुपर्ने बताएका …

सबै नागरिकका लागि छ करोड खोप आउँदैछ : मन्त्री खतिवडा

भक्तपुर। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अब देशका कुनै पनि नागरिकले कोभिड–१९ विरुद्ध खोपबाट वञ्चित हुन नपर्ने गरी खोप ल्याउन लागेको बताउनुभएको छ । आज मध्यपुरथिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको दुईदिने राष्ट्रिय भेलामा उहाँले सरकारले छ करोड …

खार्मीका २७ घर उपभोक्ताका हरेक घरमा खानेपानीका धारा

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २७ घरका बासिन्दाको घरमा स्वच्छ खानेपानी उपलब्ध गराइएको छ । नगरपालिकाको रु १० लाख नगद र प्राविधिक सहयोग तथा उपभोक्ता समितिको जनश्रमदान गरी रु १८ लाखभन्दा बढी लगानीमा खार्मीस्थित सिरुवानी, रुयल र मानेडाँडाका २७ …

योगगुरु रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिने

काठमाडौँ। योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्ने हुनुभएको छ । पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आउनुभएका भारतीय योगगुरु बाबा रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण दिनुहुने भएको …