भारतीय सञ्चारमाध्यमलाई बकवास बन्द गर्न नेकपा प्रवक्ताको आग्रह

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा गरेको प्रचार बन्द गर्न आग्रह गरेका छन् । केही भारतीय टिभी च्यानलले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर प्रचार गरेपछि प्रवक्ता श्रेष्ठले त्यसप्रति …

कतार सरकारले १६१ जना नेपालीलाई पुनः कतार जान नपाउने गरी डिपोर्ट:-

कतार सरकारले १ सय ६१ जना नेपालीलाई बुधबार डिपोर्ट गरेको छ  । उनीहरुलाई कतार सरकारले आफ्नै हवाई खर्चमा नेपाल ल्याइदिएको हो । कतारले विभिन्न सजाय पाएका र आवासीय कानुन उल्लंघन गरेर बसेकोलाई नेपाल पठाएको हो । उनीहरु पुनः कतार जान …

भारतीय गुप्तचर अधिकारीहरू नेपालमा सक्रिय

नेकपाको स्थायी कमिटीको महत्त्वपूर्ण बैठक अघि भारतका पक्षमा समर्थन बढाउनका लागि भारतीय गुप्तचर अधिकारीहरू काठमाडौंमा डेरा जमाएरै बसेको भारतबाट प्रकाशन हुने द पायोनीयर नामक अन्लाइन पत्रिकाले खबर दिएको छ । राकेश के सिंहको बाइलाइनमा प्रकाशित खबरअनुसार, जासूसी संस्था रअका प्रमुख …

चीनले अमेरिकालाई चेतावनी दियो चेतावनी :-

चीन र अमेरिकाबीच तनावको स्थिति रहँदा दक्षिण चीन सागरमा शनिवार अमेरिकाले दुई युद्धपोत तैनाथ गरेपछि चीनले कडा प्रतिक्रिया दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सले अमेरिकी युद्धपोतलाई नष्ट गर्नका लागि डीएफ–२१डी र डीएफ–२६ जस्ता खतरनाक हतियार रहेको …

जापानमा आएको बाढीमा परि २० जनाको मृत्यु – उद्धार कार्य जारी

जापानका विभिन्न क्षेत्रमा भारी वर्षासँगै आएको बाढी-पहिरोको डुबानमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ भने घाइतेहरु कति भएका छन् एकिन भै सकेको छैन उद्धार – खोजि कार्य जारी छ। घाइतेहरुको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । …

बिदेशमा थप १३ नेपालीको ज्यान लियो कोरोनाले

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक -एक नेपालीको मृत्यु भएको हो । …

भारतीय मिडियाको आरोप : केपी ओली भारतविरुद्ध चीन र पाकिस्तानको सम्पर्कमा

प्रधानमन्त्री केपी ओली र उनी नेतृत्वको सरकारबारे पछिल्लो समय भारतीय मिडियामा विभिन्न किसिमका समाचार सम्प्रेषण हुन थालेका छन् । खासगरी नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेसँगै विभिन्न टिप्पणी आउन थालेका हुन् । नेपालको राजनीतिलाई चीन र पाकिस्तानसँग समेत जोडेर समाचार …

फ्रान्सको प्रधानमन्त्रीमा जाँ कास्टेक्स नियुक्त

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका जाँ कास्टेक्सलाई शुक्रबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। प्रधानमन्त्री एडुअर्ड फिलिपले राष्ट्रपति समक्ष शुक्रबार राजीनामा दिएपछि उनको स्थानमा काटेक्सलाई नियुक्त गरिएको हो । नगर निर्वाचनमा वातावरण पक्षधर समूहको बहुमतसँगै …

गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्मजयन्तीका अवसरमा डिजिटल अन्तरक्रिया कार्यक्रम

नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्म जयन्तीका अवसरमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले “नेपालको वर्तमान राजनैतिक घटनाक्रम र गिरिजाप्रसाद कोईराला” विषयक डिजिटल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार आयोजित डिजिटल कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य, …

संसद् अधिवेशन अन्त्य भएको घोषणाले नेकपा स्थायी कमिटी सदस्यहरू सशंकित

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुनेगरी संसद्को बजेट अधिवेशन अन्त्य गरेकी हुन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद्को चालु अधिवेशन अन्त्य …