जाजरकोटको रिठेखोलामा मिनीट्रक दुर्घटनाहुँदा दुईको मृत्यु

जाजरकोट । बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको  बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सात जना रहेका छन् ।   एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । दश जना …

पाल्पामा रुख ढलेर एकको मृत्यु

रामपुर। पाल्पामा रुख ढलेर लाग्दा एकको मृत्यु भएको छ । आज बिहान तानसेन नगरपालिका– १४ बस्ने ५० वर्षीय लक्ष्मणप्रसाद पाण्डेको बरको रुख ढलेर लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घरदेखि तानसेन–१३ छेर्लुङ आफन्तकामा जाँदै गर्दा कालीगण्डकी करीडोरअन्तर्गत कुरुङखोला तर्ने …

दाङबाट तरकारी लिएर सुर्खेतजादै गरेको जीप दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत। दाङबाट तरकारी लिएर सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रा१च १३१० नंको जीप आज बिहान रत्न राजमार्गको झुप्राखोला नजिकै दुर्घटना भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा घोराही नगरपालिका–१३ का अन्दाजी …

स्कुटर दुर्घटनामा एकको मृत्यु

दाङ। दाङको दूधरासमा रा ४ प ४९७३ नं को स्कुटर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ३५ वर्षीय मधुसुदन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो …

दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, १० घाइते

डडेल्धुरा । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस यहाँको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ना८ख ६१३२ नंको बस  सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । …

तीव्रगतिका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

झापा । गौरादहमा तीव्रगतिका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गौरादहका अनुसार बिहान ८ बजेतिर गौरादह नगरपालिका–४ स्थित स्कुलचौन–चाप्रामारी धरधरे सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना …

गाडीको ठक्करबाट निलगाईको मृत्यु

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको छ । निलगाई आज बिहान मृतावस्थामा फेला परेको हो ।  सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिंँदा निलगाईको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ …

स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु

महोत्तरी । जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् । जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नंको स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा …

पाँचथर बस दुर्घटना :मृतकको सङ्ख्या चार पुग्यो

पाँचथर!पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु भएकामध्ये तीन जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–६ का सात वर्षीय प्रज्ज्वल मगरको फिदिमको पाथीभरा अस्पतालमा, इलामकी ३४ वर्षीया प्रमिला …

सुदूरपश्चिममा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, २२ अझै बेपत्ता

बैतडी। बाढिपहिरो तथा प्राकृतिक विपत्तिबाट बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आजसम्म यस प्रदेशमा ३७ जनाको मृत्यु भएको हो । बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा …