सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

सप्तरी । सप्तरीमा आज साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका–१७ का २८ वर्षीय रामशङ्कर …

वडाध्यक्षहरूबाटै नगरपालिकामा तोडफोड

नुवाकोट । नुवाकोटको विदुर नगपालिकामार्फत सञ्चालित ‘सुन्तला जात फलफूल पकेट विकास कार्यक्रम’ मा अनियमितता भएको भन्दै वडाध्यक्षहरूबाटै नगरपालिकामा तोडफोड गरिएको छ । नेकपा (एमाले)बाट निर्वाचन नगरप्रमुख सञ्जु पण्डितको सिफारिसमा वडा नं १३ मा सञ्चालित ‘पकेट विकास कार्यक्रम’मा तोकिएअनुसार सुन्तला र …

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन पुनः बन्द

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन पुनः बन्द भएको छ । शनिवारदेखि आएको निरन्तरको बाढीका कारण आयोजनाको ६६ केभीको ३२ र ३३ नंका टावरमा आइतबार राति क्षति पुगेपछि विद्युत् उत्पादन पुनः बन्द भएको …

गृहमन्त्रीद्वारा संसदलाई सिन्धुपाल्चोक घटनाबारे जानकारी

सिन्धुपाल्चोक । गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची, ईन्द्रावती, याङ्ग्री र लार्के नदीमा गत असार १ गतेको बाढीमा परी पाँच जनाको मृत्यु हुनाका साथै २० जना बेपत्ता भएको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँले बाढीपहिरोमा परी छ जना घाइते भएका …

सडक भासिँदा जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा सवारी आवतजावत अवरुद्ध भएको हो । सडक भाँसिएर भत्किएकोले बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक …

भैँसे–भीमफेदी सडक अवरुद्

बागमती । भँैसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति गएको ठूलो पहिराले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सुमो जिपलगायत अन्य हल्का सवारी पनि भँैसेदेखि …

मेलम्ची बाढीले ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

सिन्धुपाल्चोक । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार …

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

बागलुङ । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन् । घाइते सबै …

अझै भेटिएनन् काली गण्डकीमा बेपत्ता भएका दुई बालक

बागलुङ । बागलुङ नगरपालिका–१ निरयघाटस्थित कालिगण्डकी नदीमा गत बिहीबार दिउँसो पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका यहाँका दुई बालकको स्थिति अझै पत्ता लाग्न सकेको छैन । नदीमा बेपत्ता बागलुङ–४ उपल्लाचौरका १३ वर्षीय अभिषेक विक र यमबहादुर पुनको खोजी कार्य जारी …

खोप लगाउन जाँदा डुङ्गा पल्टिँदा एकको मृत्यु, तीन बेपत्ता

कैलाली । कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्यचौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा नदीमा डुङ्गा पल्टिँदा तीन व्यक्ति बेपत्ता भएका छन् भने एकजनाको …