न्यायालयको विकृति रोकथामसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौँ। सर्वोच्च अदालतले न्यायलयको विकृति विसङ्गति रोकथामसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठिन समितिको उक्त तयार गरेको उक्त अध्ययन प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठकको निर्णयानुसार आज सार्वजनिक गरिएको हो । सर्वोच्च अदालतका …

दुवै दललाई निर्वाचन आयोगद्वारा राजनीतिक दलको मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । आयोगको बुधवार बसेको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी …

१०४ किलो गाँजा बोकेको ट्रकसहित चालक पक्राउ

टिस्टुङ। मकवानपुरको थाहा नगरपालिका–३ दोबाटोबाट १०४ किलो गाँजासहित ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको डाँडाखर्कबाट दामन–डाँडाबास सडक हुँदै त्रिभुवन राजपथतर्फ आउँदै गरेको ना ७ ख ७६६४ नम्बरको मिनी ट्रक रोकेर जाँच गर्दा सो ट्रकमा लोड गरेको आलुको …

पुनःनिर्माणको काम सम्बन्धित निकायलाई हस्तान्तरण गरिने

काठमाडौँ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणको काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज सम्पन्न प्राधिकरणको २०औँ निर्देशक समितिको बैठकले प्राधिकरणले हालसम्म गरेका कामलाई धन्यवाद दिँदै पुनःनिर्माणमा बाँकी काम सम्पन्न गर्न हस्तारन्तरण प्रक्रियालाई अघि बढाउने …

थप दुई हजार ४८२ मा सङ्क्रमण, ४४ को मृत्यु

काठमाडौँ। पछिल्लो २४ घण्टामा दुई हजार ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय १५ हजार २९० जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा एक हजार ८१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् …

गृहमन्त्रीद्वारा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिबारे जानकारी

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणद्वारा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिनुभएको छ । गृहमन्त्री खाँणले गृह मन्त्रालयमा आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर विमानस्थलमा भएको प्रगतीबारे जानकारी लिनुभएको …

नेकपा (एकीकृत समाजवादी) को सनाखत सकियो, दर्ताको निर्णय आउन बाँकी

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गर्नुुभएको छ । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि …

एमालेका पूर्वघोषित कार्यक्रम स्थगन

कर्णाली। नेकपा (एमाले) ले कर्णाली प्रदेशका १० वटै जिल्लामा यसअघि तय भएका कार्यक्रमहरु स्थगन गरेको छ । मङ्गलबार बसेको स्थायी कमिटीको बैठकले २०७५ साल जेठ २ पूर्वको अवस्थामा फर्कर्ने निर्णय गरेपछि एमाले कर्णाली प्रदेश कमिटीले पूर्वनिर्धारित भेला तथा बैठकहरु स्थगन …

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३० जना घाइते

चौतारा। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान ११.३५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । बसभित्र दुईजना च्यापिएको अवस्थामा देखिएकाले प्रहरीद्वारा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो …

खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

राजविराज। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर कङकालिनी–१० का रामलखन खङ्गको तीन वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ । घरदेखि २०० मिटर उत्तरमा रहेको कमल मण्डलको …