प्रधानसेनापतिद्वारा पश्चिम कमाण्ड निरीक्षण

काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्माले सुर्खेतस्थित पश्चिम कमाण्ड मुख्यालयकोे आज निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले फौज तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समयसीमा र कार्यान्वयन योजनाका विषयमा जानकारी लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । …

ए डिभिजन लिग फुटबल : मनाङ मस्र्याङ्दी र बिग्रेड ब्वाइज विजयी

काठमाडौँ। सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएका खेलमा मनाङ मस्र्याङ्दी क्लब र ब्रिगेड ब्वाइज क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मनाङले लिगमा सुखद सुरुआत गरेको हो …

कांग्रेस महाधिवेशनका लागि आर्थिक समिति विस्तार

काठमाडौँ। नेपाली कांग्रेसको आगामी १४औँ महाधिवेशनका लागि गठित आर्थिक समिति विस्तार गरिएको छ । आर्थिक समितिका संयोजक एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चार सल्लाहकार र १० सदस्य मनोनयन गर्नुभएको हो । आर्थिक समितिको सल्लाहकारमा विनोद चौधरी, दीपकुमार उपाध्याय, …

२१ वर्षे फुयाल देशकै कान्छी महाधिवेशन प्रतिनिधि

पुजा फुयाल गोलाप्रथा मार्फत महाधिवेशन प्रतिनिधि सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पुजा फुयाल विजयी हुनु भएको छ। महिला (खस आर्यमा)टंकीमाया बस्नेत र फुयालको ४०३/४०३ मत आएकाले गोलाप्रथा मार्फत नतिजा सार्वजनिक गर्दा फुयालले बाजि मार्नु भएको हो। नेचासल्यान गाउँपालिकाबाट सबैभन्दा …

पछिल्लो २४ घण्टामा २३२ जनामा सङ्क्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८४५ जनामा पीसीआर परीक्षण गरिएकोमा २३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार २७८ जनामा एन्टिजेन परीक्षण गर्दा ६ …

सर्वसम्मत पदाधिकारी चयन गर्न प्रधानमन्त्री देउवाको आग्रह

इनरुवा । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गर्नुभएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आज गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन …

पर्यटन दूत बन्न योगगुरु रामदेवलाई पर्यटनमन्त्रीको आग्रह

काठमाडौं  । नेपाल सरकारले भारतीय योगगुरु रामदेवलाई पर्यटन दूतका रुपमा अघि सारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतीय योग गुरु रामदेवलाई नेपालको सद्भावना पर्यटन दूत बन्न आग्रह गर्नुभएको छ ।  मन्त्रालयद्वारा आज पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा आयोजना …

आजको मौसम : पहाडमा आंशिक बदली रही हल्का वर्षाको सम्भावना

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ। प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ …

काभ्रेको चार प्रदेश क्षेत्रमा नेतृत्व चयन

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकको चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । तीन क्षेत्रमा मतदान भएको थियो भने एक क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । शुक्रबार सुरु भएको तीन क्षेत्रीय अधिवेशनको परिणाम शनिबार अबेर सार्वजनिक …

मनकामनामा दर्शनार्थीको सङ्ख्या बढ्दै

मुुग्लिन। गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन् …