नेपाल पक्ष नयाँ दल गठनको गृहकार्यमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ …

गृह मन्त्रालयद्वारा दुर्घटना छानविन समिति गठन

काठमाडौँ। मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको घटनाका सन्दर्भमा छानविन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ । उक्त दुर्घटनाका सन्दर्भमा स्थलगत अध्यन गरी सत्यतथ्य छानविन गर्न गृहमन्त्रीस्तरीय निर्णयले मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा तीन सदस्यीय समिति …

मुख्यमन्त्री र मन्त्रीबीच कार्यसम्पादन करार सम्झौता

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रीहरुसँग आज कार्यसम्पादन सम्झौता गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा आज आयोजित ‘मुख्यमन्त्रीसँग मन्त्रीको कार्यसम्पादन समारोह’ मा मुख्यमन्त्री शाहीले विभागीय मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो । चालू आर्थिक वर्ष …

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबार बस्ने

काठमाडौँ। नेकपा(माओवादी केन्द्र)ले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई …

पार्टी एकता जोगाउने प्रयास जारी

राँझा। नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले माधव नेपाल पक्षले शर्तमाथि शर्त बढाउँदै लगे पनि पार्टी एकता …

लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्रीद्वारा पदभार ग्रहण

दाङ। लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले आज प्रदेशको स्थायी राजधानी दाङको मौरीघाटस्थित मन्त्रालय पुगेर औपचारिकरूपमा पदभार ग्रहण गर्नुभएको छ । पद्भार ग्रहण गर्दै नवनियुक्त ग्रामीण तथा शहरी विकासमन्त्री चौधरीले प्रदेशको स्थायी राजधानीलाई व्यवस्थित गर्ने बताउनुभयो । सो …

अधिकांश केन्द्रीय सदस्यको चासो क्रियाशील सदस्यतामा केन्द्रित 

काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुको चासो क्रियाशील सदस्यतामा केन्द्रित रहेको देखिएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीबारदेखि जारी बैठकमा आज बोल्ने केन्द्रीय सदस्यहरुले क्रियाशील सदस्यतामा …

तरुण दलका पूर्वअध्यक्ष खाण गृहमन्त्री भएकाले देशभरिका तरुणहरूमा नयाँ उर्जा

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाण गृहमन्त्री बनेकोमा देशभरिका तरुणहरूमा नयाँ उर्जा र उत्साह थपिएको बताउनुभएको छ । नेपाल तरुण दल भक्तपुरले सिन्धुपाल्चोकको सुकुटेमा बिहीबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको अनौपचारिक …

‘कानुनी रुपमा एमाले अध्यक्ष ओली नै हो’

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएका र कानुनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताउनुभएको छ ।  उहाँले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको र …

तोडमोड गरी समाचार आएकोप्रति कांग्रेस सहमहामन्त्री महतको ध्यानाकर्षण

काठमाडौं  । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आफूले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सिमित निकटस्थ सहयोगी र नेताका बीचमा राखेका कुरालाई जोडेर तोडमोड गरी समाचार सार्वजनिक भएको भन्दै ध्यानाकर्षण भएको जनाउनुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गरी “शेरबहादुर …