अर्को चरणको उद्धार उडान आजदेखि

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती तथा उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार भदौ ९ गते मङ्गलबारदेखि दैनिक पाँच सय नेपालीलाई स्वदेश फिर्ती वा उद्धार गरिने तालिका सार्वजनिक गरिएको हो । …

नेकपा विवाद : प्रतिवेदनले सकारात्मक सन्देश

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्न बनाइएको कार्यदलले दिएको सुझावबाट पार्टीमा सकारात्मक सन्देश गएको उच्च तहमा विश्लेषण गरिएको छ । नेकपा पार्टीमा नेतृत्व, सङ्गठन, सरकार, सिद्धान्त र विचारलाई लिएर विगत दुई महिनादेखि विवाद चलिरहेको थियो । अध्यक्षद्वय केपी …

नेपालमै पहिलो रक्त सङ्कलन एम्बुलेन्स

पोखरामा रक्तदान गर्न इच्छुकको घरमै पुगेर रगत सङ्कलन गर्ने एम्बुलेन्स सञ्चालनमा आएको छ । कुनै विशेष कार्यक्रम आयोजना गरेर रक्तदान गर्ने परिपाटी अन्त्य गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीले जुनसुकै बेला रक्तदान गर्ने इच्छुकका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । …

निषेधाज्ञा अवधि थप गर्न आग्रह

उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट टे«सिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ । कन्ट्याक्ट टे«सिङ गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न सूक्ष्म योजना बनाई तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको …

उपत्यकामा कोरोना सङ्क्रमण बढ्यो

बन्दाबन्दी खुुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या अझै बढ्दो क्रममा रहेको छ । बन्दाबन्दी अघिसम्म काठमाडौंँ उपत्यकामा लगभग शूून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ । सोमबार मात्र उपत्यकामा …

स्याङ्जामा एक वर्षमा ९ वटा पक्की पुल निर्माण

पूर्वाधार विकास कार्यालयले निर्माण थालेका नौवटा पुलमध्ये छवटा र सडक डिभिजन कार्यालयले निर्माण थालेका १० वटामध्ये तीनवटा पुल निर्माण सम्पन्न भएका हुन् । कोरोना भाइरसका कारण देशभर सरकारले चैत ११ गतेबाट बन्दाबन्दी गरे पनि स्याङ्जामा उक्त अवधिमा विकास निर्माणका कामले …

अस्ट्रेलियामा आधाभन्दा बढी विद्यार्थीले गुमाए जागिर

अस्ट्रेलियामा कोरोना भाइरस (कोभिड–१९) का कारण रोजगार गुमाउनेमध्ये ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी रहेको एक अध्ययनले देखाएको छ । सिड्नीस्थित युनियन एनएसडब्लूले मार्चदेखि मेसम्मको तीन महिना लगाएर गरेको एक अध्ययनमा ६५ प्रतिशतले वर्तमान समस्याका कारण जागिर गुमाएका देखिएको छ । तीमध्ये …

४ सय ५४ स्वास्थ्यकर्मी संक्रमित

कोरोना संक्रमित बढेसँगै उनीहरूको उपचारमा खटिएका चिकित्सक, नर्स, प्राविधिकलगायत स्वास्थ्यकर्मीमा पनि संक्रमणको दर वृद्धि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार आइतबारसम्म ४ सय ५४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । जसमध्ये चिकित्सक १ सय ४२, अस्पतालका कर्मचारी …

सार्वजनिक सवारीमा यसैवर्ष जीपीएस

सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली चालू आर्थिक वर्षभित्रै जडान गरिने भएको छ । त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यातायात व्यवस्था विभाग सम्झौता गर्ने तयारीमा छ ।  विभागका महानिर्देशक गोगनबहादुर हमालले चालू आर्थिक वर्षमा देशभरका …

कोरोनाविरुद्ध स्थानीय सरकार एकजुट

कोरोना भाइरसका सङ्क्रमित दैनिक बढ्दै जाँदा काठमाडौँ उपत्यकास्थित स्थानीय तहका प्रमुखहरूले यसबाट उपचार नपाएर कोही पीडित हुन नपर्ने दाबी गरेका छन् । कोरोनाविरुद्ध स्थानीय तहका प्रमुखले एकै स्वरमा उपत्यकाका १८ वटै नगरपालिका मिलेर काम गर्ने उद्घोष गरेका छन् । काठमाडौँ उपत्यका भौगोलिक …