मेलम्ची बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

सिन्धुपाल्चोक । हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागार्इंले जानकारी दिनुभयो । सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ …

“स्पुटनिक भी” खोप लगाउन ७० देशमा अनुमति

एजेन्सी। कोरोनाभाइरसविरुद्ध रुसले विकास र उत्पादन गरेको स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुगेको छ । अहिलेसम्म सबैभन्दा पछाडि इन्डोनेसियाले समेत अनुमति दिएसँगै स्पुटनिक भी प्रति विश्वास गर्ने देशहरूको सङ्ख्या ७० पुगेको हो । यो खोपलाई आपत्कालीन …

महामारीविरुद्ध मिलेर लड्न नेपाल र थाइल्याण्ड सहमत

काठमाडौँ। नेपाल र थाइल्याण्डबीच कोभिड–१९ विरुद्ध सहकार्य गर्ने सहमति भएको छ । अप्रत्यक्षरूपमा आज भएको नेपाल–थाइल्याण्ड संयुक्त आयोगको पाँचौँ बैठकमा त्यस्तो सहमति भएको हो । “महामारीले दुवै देशका जनता र उनीहरूको जीविकामा सिर्जना गरेको चुनौतीको दुवै पक्षले छलफल गरी त्यसको …

थप दुई हजार ४८२ मा सङ्क्रमण, ४४ को मृत्यु

काठमाडौँ। पछिल्लो २४ घण्टामा दुई हजार ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय १५ हजार २९० जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा एक हजार ८१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् …

खोपका लागि भण्डारण क्षमता बढाइँदै

काठमाडौँ। स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता बढाउने भएको छ । मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागेको विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले सामान्य तापक्रममा खोप राख्नका लागि १९ …

केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप

काठमाडौं ।मुलुकको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ । विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई दुवै खोप लगाइसकिएको कारागारका जेलर वेदनिधि अधिकारीले राससलाई जानकारी दिनुभयो । नयाँ आउने …

नेपाल तरुण दल जिल्ला कार्यसमिति पर्वतद्वारा मास्क बितरण अभियान सुरु

पर्वत। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरसका कारण सिँगो विश्व समुदायले कठिन परिस्थितिको सामाना गरिराख्नु परेको छ । स्वास्थ्य विज्ञहरुको भनाई अनुसार कोभिड–१९ कोरोना भाइरसको तेस्रो भेरियन्ट नेपालमा पनि देखा पर्ने सम्भावना रहेको छ । यस्तो अवस्थामा अघिल्ला भरियन्टमा …

थप दुई हजार ५२५ जनामा सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु

काठमाडौँ। पछिल्लो २४ घण्टामा दुई हजार ५२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या आठ लाख ३१ हजार ९६८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार ९०९ जनाको पीसीआर परीक्षणमा दुई हजार …

चिकित्सा शिक्षा नतिजामा कोटाभन्दा कम उत्तीर्ण,आयोगको नतिजा सच्चाउन माग

काठमाडौं ।चिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स इन्स्ट्यिुसन एशोसिएशन (एशिया) ले सच्चाउन माग गरेको छ । परीक्षा प्रणाली र उत्तीर्ण नम्बर धेरै राख्दा कोटाभन्दा कम …

‘खोपमा चरम लापरवाही’

झापा ।बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने प्रक्रियामा चरम लापरवाही भएको ठहर गरेको छ । जिल्ला कोभिड खोप …