मेडिकल कलेज निर्माणको प्रक्रियाले गतिलिएपछि महोत्तरीमा उत्साह

महोत्तरी। बर्दिबासमा मेडिकल कलेज निर्माणको प्रक्रिया अघिबढेसँगै महोत्तरीमा उत्साह छाएको छ । लामो समयदेखि वातावरणीय प्रभाव मुल्याङ्कनको अड्चनले रोकिदै आएको बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास आयोजनाको फाइल प्रदेश नं २ सरकारबाट स्वीकृत भएसँगै अब निर्माणको कामले गति लिने आशमा महोत्तरीमा …

मौसम परिवर्तसँगै भाइरल ज्वरोका बिरामी बढे

मार्तडी । जिल्लाको बूढीगङ्गा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तसँगै यहाँका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् ।  बेमौसमी वर्षासँगै भएको मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढ्न थालेको सोही नगरपालिका–२ मा रहेको आधारभूत …

भरतपुर अस्पतालमा अनलाइनबाट टिकट

चितवन। भरतपुर अस्पतालले अनलाइन टिकट सुरु गरेको छ । अस्पतालले अनलाइनबाट ओपिडी (बहिरङ्ग) टिकट सुरु गरेको हो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा भरतपुर अस्पतालको वेबसाइटमा गएर टिकट लिन सकिने व्यवस्था गराएको हो । …

थप ५४९ जनामा कोरोना सङ्क्रमण, ५६९ जना निको

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ७४६ जनामा कोरोना परीक्षण गर्दा ५४९ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित …

कानूनविपरीत औषधिमा वृद्धि गरिएको मूल्यका सम्बन्धमा छानविन गर्न निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिका सम्बन्धमा छानविन गर्ने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिको छानविन गरिने बताउनुभएको हो । उहाँले स्वास्थ्य सचिव डा …

मन्त्री झाँक्री वीर अस्पतालमा भर्ना

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ हुनुभएको छ । निमोनिया र ज्वरो आएपछि उहाँलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी फुर्वा तामाङले जानकारी दिनुभयो ।  सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले …

मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा

काठमाडौं । मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा भेटिएको छ । ‘लिडको विषयबाट बचावटका लागि नवौँ अन्तर्राष्ट्रिय सचेतना सप्ताह–२०२१’ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएओ) को सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले यहाँ आयोजना …

डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या

जाजरकोट।  स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या हुँदै गएको छ । औषधि बिक्री गर्न स्थापना गरिएको फार्मेसीमा समेत औषधि नहुँदा रित्तो भएको फार्मेसी व्यवस्थापनले जनाएको छ । हिमाली …

थप १० लाख मात्रा खोप नेपाल आइपुग्यो

काठमाडौं। कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार सो खोपलाई टेकुस्थित भण्डारण …

बहराइनमा ३ बर्षदेखि ११ बर्षका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउने अनुमति

एजेन्सी। बहराइनमा ३ बर्षदेखि ११ बर्षसमूहका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ । बहराइनका स्वास्थ्य अधिकारीहरूले देशभरका सो उमेर समूहका बालबालिकाहरुलाई खोप लगाउनु उपयुक्त हुने निश्कर्ष निकालेका हुन् । बालबालिकाहरुलाई खोप लगाउने बारेमा मङ्लबार निर्णय भएको र बुधबारदेखि …