नेपालको रेल आज जनकपुर स्टेसनमा आईपुग्ने, मन्त्रालयको टोलीद्वारा स्वागत गरिने

काठमाडौं आश्विन २ गते । नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल आज मध्याह्न १२ बजेसम्ममा जनकपुर स्टेसनमा आईपुग्ने भएको छ । मन्त्रालयको टोली, रेल विभागको टोलीले स्वागत गर्ने कार्यक्रम रहेको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुर आइपुग्ने …

आठ महिनाभित्र फिर्ता गर्नेगरी नेपाललाई सापटीमा मल दिन बंगलादेश तयार

काठमाडौं । नेपाललाई ५० हजार टन युरिया मल दिन मित्रराष्ट्र बंगलादेश तयार भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षीसँग टेलिफोन वार्ता गरेर मल सहयोग मागेका थिए ।  सरकारको आग्रहसँगै कृषि मन्त्रालयले समेत परराष्ट्र मन्त्रालयमार्फत छलफल गरेकोमा बंगलादेश  युरिया …

भिडन्तमा २३ सैनिक र ३१ लडाकूको मृत्यु, सेनाको गाडीमा आगजनी

अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तमा बुधबार रातको समयमा दुई स्थानमा भएका  भिडन्तमा कम्तीमा २३ अफगानी सैनिक र ३१ लडाकूको मृत्यु भएको छ ।  घटनामा दर्जनौँ लडाकुहरू घाइते भएका छन् । अफगानिस्तानमा शान्ति स्थापनाका लागि सरकारी तथा तालिवान प्रतिनिधिहरूबीच …

कोरोना भाईरसका कारण विश्वभर झन्डै साँढे ९ लाखले गुमाए ज्यान

विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट ९ लाख ४५ हजार ८६८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा तीन करोड ७७ हजार ९०६ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना …

हिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपाल आइपुगे

काठमाडौँ — खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्न बहराइनबाट त्यहाँको राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली काठमाडौं आइपुगेको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार, यो टोली बहराइनको शेख ईशा एयरबेसबाट राति साढे १२ बजे विशेष …

सिरियाको उत्तरपूर्वी प्रान्त हसाकामा अमेरिकाको हेलिकप्टर दुर्घटनाग्रस्त

सिरियाको उत्तरपूर्वी प्रान्त हसाकामा मंगलबार अमेरिकाको एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। सिरियाली राज्य सञ्चालित समाचार संस्था, सानाका अनुसार उक्त हेलिकप्टर हसाकाको उत्तरपूर्वी गाउँको ताल हदाद क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाग्रस्त विमानलाई सेनाहरूले घेरा हालेकोले थप जानकारी प्राप्त भइनसकेको सानाले जनाएको …

चीनले बनाएको कोरोना भाईरस विरुद्धको खोप नोभेम्बर सम्म आईपुग्ने

चीनले कोरोनाभाइरसविरुद्ध बनाएको खोप सार्वजनिक उपयोगका लागि नोभेम्बर महिनामा उपलब्ध हुने चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका एक अधिकारीले जनाएकी छन् । चीनले कोभिड–१९ विरुद्ध चारवटा खोपको अन्तिम चरणको परीक्षण गरिरहेको छ । तीमध्ये तीनवटा खोप चिकित्सक तथा प्रहरीलाई दिइसकिएको …

विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ जना नेपालीको मृत्यु

काठमाडाैं भाद्र २८ गते। विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा …

कोरोना भाइरस विरुद्धको खोप परीक्षण पुनः सुरु

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले तयार पारेको कोरोना भाइरस विरुद्धको खोपको परीक्षण पुनः शुरु भएको छ।  केही दिनअघि खोप लगाएका लन्डनका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरिएको थियो। खोप परीक्षणमा सहभागी एक …

कोरोना भाइरस विरुद्धको खोप परीक्षण पुनः सुरु

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले तयार पारेको कोरोना भाइरस विरुद्धको खोपको परीक्षण पुनः शुरु भएको छ।  केही दिनअघि खोप लगाएका लन्डनका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरिएको थियो। खोप परीक्षणमा सहभागी एक …