शिलान्यास भएको १० महिना पुग्दा पनि नागढुंगा सुरुङले लिएन गति

प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ४ मा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यासका बेला भनेका थिए, ‘मुलुक अब सुरुङ युगमा प्रवेश गर्‍यो । यो सुरुङमार्ग तोकिएकै समयमा सकिनेछ ।’ उनले भने जस्तै भएको भए अहिलेसम्म सुरुङ छेड्ने काम सुरु भइसक्थ्यो । तर …

प्रहरीले नै भगाए तस्कर, चाँदीमा सुनको जलप लगाउन ५२ लाख खर्च

१५ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै मिलेमतो देखिएको छ। दुई जवानसहित केही अभियुक्त पक्राउ परेका छन्। काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनामा संलग्न अधिकांश अभियुक्तलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिएका छन्। ‘ठगी गरेर कराडौं हत्याउने उक्त गिरोहको योजना असफल भयो’, …

२० घण्टा रिचार्ज सेवा अवरुद्ध हुँदा १५ हजार क्षतिपूर्ति

भक्तपुरका राजकुमार सुवाल नेपाल टेलिकमको पोस्टपेड मोबाइल सेवाका ग्राहक हुन् । ०७५ भदौ २९ गते शुक्रबार साँझ ६ :४१ मा उनको मोबाइलमा टेलिकमबाट एउटा सन्देश आयो । जसमा लेखिएको थियो, ‘तपाईंको तिर्नुपर्ने ब्यालेन्स ४ हजार ५ सय ७३ रुपैयाँ छ …

जग्गा कारोबार घट्दो क्रममा

पछिल्लो समय जग्गा कारोबार घट्दै गएको छ । भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्था विभागको आर्थिक वर्ष ०७४/७५, ०७५/७६ र ०७६/७७ तथ्यांकअनुसार कारोबार घट्दो क्रममा देखिएको हो । आव ०७४/७५ मा ८ लाख ३२ हजार ३ सय १९ संख्यामा जग्गा कारोबार …

एक महिनामै ९ लाख मोबाइल प्रयोगकर्ता घटे

करिब तीन करोड जनसङ्ख्या भएको मुलुकमा चार करोडभन्दा बढी सिमकार्ड वितरण भएपछि दूरसञ्चार पहुँच तथ्याङ्कमा शत प्रतिशतभन्दा बढी देखिन थालेको धेरै भयो । सेवा विस्तारको प्रतिस्पर्धामा सेवा प्रदायकले सिमकार्ड वितरणलाई बजार हिस्सा मान्न थालेपछि पछिल्लो एक वर्षयता मासिक तीन लाखभन्दा …

सुराकी दिनेकै कोठामा नक्कली सुन

अवैध सुन र चाँदी तस्करी सम्बन्धी सुराकी दिने व्यापारी उमेश श्रेष्ठको बागबजारस्थित कोठाबाट थप एक किलो धातु बरामद भएको छ । उक्त धातुको बाहिरी भागमा सुनको जलप र भित्र चाँदी रहेको छ । महानगरीय प्रहरी परिसर प्रमुख श्याम ज्ञवालीले कोठामा …

स्थानीय तहमा भ्रष्टाचार : अख्तियारमा उजुरीका चाङ

वार्षिक बजेटको अधिकांश हिस्सा स्थानीय तहमा गएपछि भ्रष्टाचारजन्य उजुरीको सङ्ख्या ह्वात्तै बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक कारोबार हुने निकायलाई १२ क्षेत्रमा विभाजन गरेर निकालेको उजुरी सङ्ख्याका आधारमा स्थानीय तहमा सबैभन्दा बढी २६ प्रतिशतभन्दा बढी उजुरी परेका छन् …

पार्टी एकता अक्षुण्ण राख्नुपर्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आडभरोसा बोकेको पार्टीको एकता अक्षुण्ण र सुदृढ गरेर अगाडि लैजानुपर्ने बताउनुभएको छ । जनताले ठूलो भरोसा राखेको पार्टी भित्रको बहस स्वस्थ हुन नसक्दा सर्वत्र त्यसको नकारात्मक असर परेको चर्चा गर्नुहुँदै उहाँले …

‘कहिले यो दसैं, कहिले अर्को दसैं , कहिले आउला मेलम्ची ?

अख्तियारले कागजपत्र झिकाएर छानबिन सुरू गरेकाले आयोजना निर्माण कतिन्जेल अवरूद्ध होला भन्नेमा अन्योल छ । काठमाडौँ — ‘कहिले यो दसैं, कहिले अर्को दसैं । कहिले यो आर्थिक वर्ष, कहिले अर्को वर्ष । यो सुन्दा–सुन्दा हामी दिक्क भइसकेका छौं,’ सांसद अनिता देवकोटाले गत …

बजेट छुट्याइयो, ल्याइएनन् भेन्टिलेटर

तीन ठूला सहर जनकपुर, वीरगन्ज र राजविराजमा एकैसाथ कोरोना संक्रमित थुप्रिएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत झस्किए । दिनदिनै संक्रमितको मृत्युसँगै सरकारी अस्पतालको दुर्दशा र फितलो व्यवस्थापनबारे टीकाटिप्पणी हुन थाल्यो । गत आइतबार जनकपुरस्थित प्रादेशिक अस्पताल पुग्दा राउतले समस्या …