सिँचाइलाई पानी छैन, बाढीले डुबान

हरेक वर्षायाममा चर्चामा रहने गण्डक नहरमा यसपटक नारायणी नदीको बहाव उच्च रहँदा ४ लाख ४० हजार क्युसेक पानी बग्यो । यही नहरमा बनाइएको बाँधबाट दक्षिणपट्टिको पानी भारतको बिहारतिर जान्छ भने उत्तरको पानी नेपाली भूमि हुँदै उत्तर प्रदेश पुग्छ । तर, …

ऊर्जा क्षेत्रको लक्ष्य प्राप्तिमा समस्या

ऊर्जा क्षेत्रमा एक वर्षभित्र हासिल गर्ने भनी निर्धारण गरिएका मुख्य लक्ष्य पूरा हुन नसकेको देखिएको छ । समग्रमा आर्थिक वर्ष २०७६÷७७ प्रगति समीक्षामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफ्नो वित्तीय प्रगति ७३.२६ र भौतिक प्रगति ७५.३ प्रतिशत हासिल गरे पनि …

चीन तर्फका सीमा स्तम्भ पहिचान गर्न सफल

उत्तरी चीन सँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) हुम्ला खण्डअन्तर्गत सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको छ ।सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको चौकीले एक महिनामा सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको हो । चौकी …

त्रिभुवन विश्वविद्यालयले स्थगित परीक्षा तत्कालै सञ्चालन नगर्ने

त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने सम्भावना टरेको हो । विश्वविद्यालयका परीक्षा नियन्त्रक …

कसरी फैलियो प्रहरी प्रधान कार्यालयभित्रै कोरोना ?

प्रहरी प्रधान कार्यालयभित्रै विगत नौ दिनमा ७२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । तर, संक्रमणको स्रोत के हो भन्नेबारे प्रधान कार्यालय अहिलेसम्म अनभिज्ञ छ । प्रधान कार्यालयमा सुरुमा ११ साउनमा चार जना प्रहरीमा संक्रमण पुष्टि भएकामा आइतबारसम्म (नौ …

कांग्रेसमा व्यक्ति केन्द्रित द्वन्द्व बढ्दै, सबै नेता आ–आफ्नै रणनीतिमा

कांग्रेसभित्र अहिले देखिएको द्वन्द्वमा विचार र सिद्धान्तको कतै चर्चा छैन । पार्टीको १४ औं महाधिवेशनबाट को नेतृत्वमा आउने भन्नेमा मात्र चर्चा चलिरहेको छ । महाधिवेशन आउनु साढे ६ महिनाअघि नै भावी नेतृत्वको विषयलाई लिएर पार्टीमा आरोप/प्रत्यारोप जारी छ । यसले …

पहिरोले गाउँ नै विस्थापित

लमजुङ पहिरोले गाउँलाई च्याप्न थालेपछि गत वर्ष मर्स्याङ्दी गाउँपालिका–३ अर्खलेबेंसीका धनराज गुरुङको परिवार बेंसीसहर बसाइँ सर्‍यो । गत वर्षको भदौ अन्तिम साता गाउँछेउ भीषण पहिरोपछि स्थानीय टेकबहादुर गुरुङ पनि परिवारसहित बेंसीसहर सरे । यस वर्ष पुन: पहिरोले घेर्न थालेपछि स्थानीय विस्थापित हुन …

सञ्चालनमा घाटा बढ्दै गएपछि ६ वटा चिनियाँ जहाज ग्राउन्डेड

सञ्चालन घाटा बढ्दै गएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका छवटा चिनियाँ जहाज यसै सातादेखि ‘ग्राउन्डेड’ भएका छन् । बढ्दो दायित्वबीच निगम सञ्चालक समितिले गत असार १६ गते चिनियाँ जहाज सञ्चालनमा नल्याउने निर्णय गरेसँगै नेपाली आकाशमा चिनियाँ जहाजको …

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई एक साताभित्र कम्पनीमा दर्ता हुन निर्देशन

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई सात दिनभित्र अनिवार्य रूपमा कम्पनीमा दर्ता हुन निर्देशन गरेको छ । बाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनले कम्पनीमा दर्ता नभएका ट्याङ्करबाट ढुवानी नगर्ने बताएपछि निगमले एक हप्तामा भ्याट बिजक जारी गर्न निर्देशन दिएको हो …

दीपिकाबारे कंगना–स्वारा द्वन्द्व

केही समयदेखि बलिउड अभिनेत्री कंगना रनौत र स्वरा भाष्करबीच जिब्रोको लडाइँ चलिरहेको छ। जब स्वरा भाष्करले दीपिका पादुकोणमाथि जेएनयू जान पाँच करोड लिएको आरोप लगाउनेलाई पेल्न थालिन्। त्यसपछि कंगनाको टिमले स्वरालाई व्यंग्य गर्दै भन्यो, ‘प्रदर्शनमा भाग लिन दीपिका पादुकोणले पैसा …