कार्यकर्ता रिझाउन पद बाँड्दै देउवा

पार्टीका सबै संरचनाको गठन ६ महिनाभित्र गरिसक्नुपर्ने विधानको व्यवस्थाविपरीत कांग्रेस सभापति शेरबहादुर देउवाले १५ वटा विभागमा ६ सय ६८ जनालाई मनोनयन गरेका छन् । उनले आइतबार राति ११ बजे १० र सोमबार अपराह्न थप ५ विभाग गठन गरेका हुन् । …

बढ्न सकेन कर्जामा आकर्षण

वाणिज्य बैङ्कहरू पछिल्ला दिनमा कर्जा विस्तारमा आक्रामक जस्तै देखिएका छन् तर पनि कर्जाप्रतिको आकर्षण भने बढ्न सकेको छैन । बैङ्कहरूले कर्जा विस्तारमा विभिन्न सुविधा र योजना सार्वजनिक गरिरहँदा पनि कर्जा विस्तार हुनुको सट्टा सङ्कुचन हुँदै गएको छ । कोरोना सङ्क्रमणले …

कोरोना उपचार : २० प्रतिशत बेड छुट्याउनुपर्ने

सरकारले सम्पूर्ण अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सामुदायिक, सरकारी तथा गैरसरकारी अस्पताललाई २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउने व्यवस्था गरेको हो । मन्त्रालयका प्रवक्ता …

मालपोत स्थानीय तहमा गएपछि सङ्घीयता कार्यान्वयन सहज

जग्गा प्रशासन र भूसेवासम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण हुन थालेपछि सङ्घीयता कार्यान्वयनले थप गति लिएको छ । सोमबार कलङ्की मालपोत कार्यालयको जग्गा प्रशासन र भूसेवासम्बन्धी सेवा नागार्जुन नगरपालिकामा हस्तान्तरण गर्दै भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले जग्गा प्रशासन …

कक्षा १२ को परीक्षा, स्नातक पढ्न बाटो खोल्ने तयारी

कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब छिट्टै टुङ्गो …

चीनसँगको सम्बन्ध तनावरहितः ज्ञवाली

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीनबीचको छिमेकी सम्बन्ध तनावरहित रहेको बताउनु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागले सोमबार आयोजना गरेको ‘उदाउँदो चीन र आगामी नेपाल चीन सम्बन्ध’ विषयक भर्चुअल छलफलमा मन्त्री ज्ञवालीले ६५औँ वर्षको सम्बन्ध …

कांग्रेस नवजीवनका लागि प्रस्ताव -रामचन्द्र पौडेल

मुलुकलाई राजनीतिक दिशा प्रदान गर्ने क्रममा कांग्रेसको दिशा भने अन्योलपूर्ण र अस्थिर भयो । नवौं महाधिवेशनदेखि तेह्रौं महाधिवेशनसम्म आइपुग्दा कांग्रेस पार्टीभित्र कांग्रेस नै अल्पमतमा पुग्ला भन्ने डर पलाउँदै छ । काठमाडौँ म नेपाली कांग्रेसको राजनीतिक आन्दोलनमा लागेको झन्डै छ दशक …

सस्तो प्रस्ताव पन्छाएर महँगोमा पीसीआर किनिँदै

स्वास्थ्य सेवा विभागले कोभिड–१९ परीक्षणको पीसीआर (पोलिमर्स चेन रियाक्सन) किट र आरएनए एक्स्ट्र्याक्सन रिएजेन्ट खरिद सम्झौतामा अनियमितता गरेको भेटिएको छ । एक लाख थान पीसीआर किट र ५० हजार थान रिएजेन्ट खरिद गर्न साउन १५ गते (जुलाई ३०) विभाग र …

कोरोनाले मृत्यु भएकामध्ये ५७.३ प्रतिशत दीर्घरोगी

कोभिड–१९ ले मृत्यु हुनेमा कुनै न कुनै दीर्घरोग (कमोरबिडिटी) भएकाको संख्या बढी छ । कोरोना विशेष लक्षणबाट मृत्यु हुनेको संख्या न्यून छ । पहिलो पटक गत जेठ ४ मा सिन्धुपाल्चोककी ३९ वर्षीया महिलाको कोरोनाले निधन भएको थियो । त्यसयता आइतबार …

सडकमा सेना, चोकहरूमा काँडेतार

नेपालगन्ज उपमहानगरका सबैजसो वडामा कोरोना संक्रमित भेटिएपछि स्थितिलाई थप बिग्रन नदिन आइतबारबाट सेना परिचालन गरिएको छ । नगरका मूल सडकहरूमा काँडेतार लगाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञालाई स्थानीयले बेवास्ता गरेपछि सेना सडकमा उतार्नु परेको हो । सेना परिचालनसँगै …