• शनिवार, असोज-२,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

एयरलाइन्सलाई बाँकी बक्यौता बुझाउन क्यानको ताकेता

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ । क्यानले आज जरुरी सूचना निकालेर सञ्चालनमा नरहेका नौ एयरलाइन्सलाई बक्यौता रकम बुझाउन आग्रह गरेको हो । क्यानअन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालय वायुसेवा कम्पनीले बुझाउनुपर्ने …

गृहमन्त्रीद्वारा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिबारे जानकारी

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणद्वारा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिनुभएको छ । गृहमन्त्री खाँणले गृह मन्त्रालयमा आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर विमानस्थलमा भएको प्रगतीबारे जानकारी लिनुभएको …

चामेदेखि माथिल्लो मनाङ नयाँ ट्रयाक बनाएर जोडिँदै

मनाङ। अविरल वर्षाका कारण आएको बाढीपहिराले मनाङ आवतजावत गर्ने स्थलमार्ग अवरुद्ध छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले तल्लो र माथिल्लो मनाङलाई जोड्ने स्थलमार्ग अवरुद्ध भएको हो । यसले तल्लो र माथिल्लो मनाङको सम्बन्ध विच्छेद भएको …

कालीकोटमा सुत्केरीको हेलिकप्टरबाट उद्धार

मान्म। कालीकोटमा सुत्केरी व्यथा लागेर थलिएकी एक महिलाको आज हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि सुर्खेत लगिएको छ । तिलागुफा नगरपालिका–९ की २१ वर्षीया मैनकला शाहीलाई सुत्केरी व्यथा लागेर थलिएपछि थप उपचारका लागि सुर्खेत लगिएको हो । शाहीको पहिलो गर्भ …

प्रस्तावित रेल्वे लिकका जग्गाधनी आन्दोलित

महोत्तरी। पूर्वपश्चिम रेल र बर्दिबास–जनकपुर–जयनगर रेल्वे विस्तार परियोजनामा परेको जग्गाधनी उचित मूल्य निर्धारण नभएको भन्दै आन्दोलित भएका छन् । महोत्तरीको बर्दिबास १ र १४ का जग्गाको उचित मूल्य निर्धारण नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । गत बुधबारमात्र प्रमुख जिल्ला …

कोरोनाको जोमिख भन्दै मनपरी भाडा असुल्दै

मान्म। कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन् । कालीकोटबाट सुर्खेतको भाडादर रु ८०० भए पनि सुर्खेत आउनका लागि एक व्यक्तिको रु एक हजार ५०० …

नयाँ बसपार्कको ‘टिकट काउण्टर’ अब डिजिटल

काठमाडौँ। हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ । काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ …

नवलपुर–चौतारा सडक अवरुद्ध

सिन्धुपाल्चोक। अविरल वर्षाका कारण पहिरा जाँदा नवलपुर–चौतारा सडकखण्ड अवरुद्ध भएको छ । इन्द्रावती गाउँपालिका–२ स्थित बेंशीमा पहिरा गएपछि सडक अवरुद्ध हुन पुगेको स्थानीयवासी विष्णु भारतीले जानकारी दिनुभयो । सडकमा खसेको लेदो सोहोर्ने काम भए पनि सडकको डिल नै भत्केकाले चारपाङ्ग्रे …

द्वन्द्वपीडित, गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात

जाजरकोट। द्वन्द्वपीडित तथा विभिन्न लक्षित वर्गलाई नगर बस र एम्बुलेन्स निःशुल्करूपमा प्रयोगमा ल्याइएको छ । चालु आर्थिक वर्षको २०७८÷७९ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम यही साउनबाटै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बस र एम्बुलेन्समा भाडा नलिने भएको हो । विशेष …

चण्डेश्वरीदेखि गोसाईस्थानसम्म पर्यटकीय पदमार्ग निर्माण शुरु

बनेपा। काभ्रेपलाञ्चोकको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि गोसाईस्थानसम्मको पर्यटकीय पदमार्ग निर्माणको काम शुरु गरिएको छ । बनेपा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ को चण्डेश्वरी मन्दिरदेखि वडा नं ६ को गोसाईस्थानस्थित महादेव मन्दिरसम्म पर्यटकीय पदमार्गको लागि नगरपालिका र शहरी विकास …