बाढीपहिरो पीडितलाई घर बनाउन ३ लाख

सरकारले बाढीपहिरोलगायत प्राकृतिक प्रकोपबाट घरबारविहीन भएका विपन्न परिवारलाई घर बनाउन तीन–तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउने तयारी गरेको छ । बाढीपहिरोले जग्गाजमिनसमेत बगाएका परिवारलाई घडेरीका लागि थप दुई लाख रुपैयाँ उपलब्ध हुनेछ । बाढीपहिरोबाट बर्सेनि विस्थापितहरूको संख्या बढ्दै गए पनि …

प्रदेशसभा गाडी खरिद प्रकरण : मर्मतमा पनि मनलाग्दी खर्च

बजार मूल्यभन्दा महँगोमा खरिद गरेर विवादमा तानिएको प्रदेश ५ को प्रदेशसभाका सवारीसाधनको मर्मत खर्च पनि विवादमा परेको छ । नयाँ गाडीमा पनि मनलाग्दी खर्च गरेपछि खरिदमा देखिएको अनियमितता मर्मतमा बल्झिएको हो । प्रदेशसभाले खरिद गरेका गाडीको तीन वर्षको मर्मत खर्च …

कुखुराको मासु सस्तिए पनि बिचौलियालाई नै बढी फाइदा

हरियो तरकारीको मूल्य उचाइमा पुगिरहेका बेला ब्रोइलर कुखुराको मासु सस्तो भएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मूल्य घटाउँदै गत शुक्रबार प्रतिकिलो २ सय ४० रुपैयाँ तोकेको छ । ‘कुखुरा मासु बिक्री नै भएको छैन । मूल्य निरन्तर घटाउँदै …

रेडक्रस पदाधिकारीका कर्तुतै कर्तुत, जग्गा किन्दा १ करोड ९२ लाख कमिसन

भूकम्पपीडितको रकमबाट पदाधिकारीले लिए तलब, जग्गा किन्दा १ करोड ९२ लाख कमिसन मानव सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटीका ६ जना पदाधिकारीले भूकम्पपीडितका लागि दातृ निकायबाट आएको सहयोग रकमबाट मासिक तीन लाखभन्दा बढी तलब बुझेको पाइएको छ । पदाधिकारीले तलबबापत लिएको रकम …

बहराइनका राजकुमार हिमाल आरोहण गर्न नेपाल आउँदै

बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली हिमाल आरोहणका लागि भदौ अन्तिम साता नेपाल आउने भएको छ । लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने उनीहरूको तयारी छ । सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले सेप्टेम्बर …

रहेनन् भारतका पूर्वराष्ट्रपति मुखर्जी

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ । ८४ वर्षीय मुखर्जीको निधन भएको जानकारी उनका छोरा अभिजितले सोमबार अपराह्न ट्वीटमार्फत गराएका हुन् । ‘अस्पतालका चिकित्सकहरूको अथक प्रयास र भारतभरका जनताको प्रार्थनाका बाबजुद भारी मनले मेरो बुबा बितेको जानकारी …

बंगलादेशसँग ५० हजार टन युरिया मल सापटी लिइने

बंगलादेशबाट मल सापटी ल्याउनु चीन र भारतलगायत देशसँगको द्विपक्षीय सहयोगको नयाँ अध्याय खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैंचो (सापटी) लिन गृहकार्य थालेको छ । हालको अभाव टार्न ५० हजार टन युरिया मल पैंचोका लागि दुई देशका कृषि …

कतारमा श्रमिकको न्यूनतम तलब ३२ हजार

कतारले अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल (३२ हजार रुपैयाँ) तोकेको छ । कतारमा आप्रवासी श्रमिक रोजगारदाता फेर्न पनि स्वतन्त्र हुने भएका छन् । कतारी अमिर शेख तमिम विन हमाद अल्थानीले आइतबार आप्रवासी श्रमिकबीच भेदभाव नरहने गरी न्यूनतम तलब …

सङ्क्रमितले पाउँदै छन् जीवनदान

डा. किशोर बञ्जाडे कपिलवस्तु अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट हुनुहुन्छ । जब हटस्पट बन्ने गरी कपिलवस्तुमा कोरोना सङ्क्रमण फैलियो, उहाँ बिरामीको सेवामा भिड्नुभयो । सङ्क्रमितको सेवा गरिरहेकै बेला साउन २४ गते उहाँ आफैँ पनि सङ्क्रमित हुनुभयो । यो खबर उहाँको परिवार, स्थानीय समाज र अस्पतालका …

नेपालका लागि बेलायती पूर्वराजदूत मोरिसको शव फेला

लन्डन – नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । गत मे ६ देखि बेपत्ता मोरिसको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले उनको शव एलिस होल्ट जंगलमा फेला पारेको बीबीसीले जनाएको छ । प्रहरीले उनको निधनलाई शंकास्पद मानेको छैन। …