बुईपामा नेपाल प्रहरी चौकीको भवन निर्माण

प्रवेश नम्बर १!दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित बुइपामा प्रहरी चौकीको भवन निर्माण गरिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयको रु दुई करोड दुई लाख लगानीमा सो भवन निर्माण गरिएको हो । उक्त भवनको प्रदेश नं १ प्रहरी कार्यालयका …

मनाङमा पुनः कडाइ, सङ्क्रमण बढ्दो

मनाङ । खुकुलो निषेधाज्ञाबीच कोरोना सङ्क्रमण बढेपछि यहाँका स्थानीय तहले पुनः कडाइ गर्न थालेका छन् । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार र बागलुङ नगरपालिका–१० भकुण्डेलाई आजदेखि एक साताका लागि बन्द गरिएको छ । कोरोना सङ्क्रमणको बढ्दो असर र जोखिमलाई दृष्टिगत गरी …

पहिराेले थुनिएको गुर्जाखोला तलाउ भरिएर बग्न थाल्यो

म्याग्दी। पहिराेले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । “तलाउ …

पारिश्रमिक लिन बैंकमा दुई हप्तासम्म लाइन बस्नुपर्ने

जाजरकोट । जुनिचाँदे गाउँपालिका–४ की रुपा दमाईं पहिलो पटक सदरमुकाम खलङ्गामा पुग्नुभयो । घुम्ती सेवाबाट गाउँमै नागरिकता बनाएकी दमाईं पहिलो पटक सदरमुकाम पुगेको बताउनुभयो । आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत १०० दिन काम गरेबापत पारिश्रमिक स्वरुप प्राप्त रु …

नवलपुरमा एक वर्षमा १३२ दुर्घटना, ४६ ले ज्यान गुमाए

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा भएको १३२ सवारी दुर्घटनामा परेर उक्त सङ्ख्यामा ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा सबैभन्दा बढी पुरुष ४० जना रहेका …