गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेको छ । बहुवर्षीय योजनाका साथै स्रोत सुनिश्चित भएर अघि बढेका योजनालाई समेत निरन्तरता नदिइएको भन्दै नेकपा एमालेका प्रदेशसभा सदस्यले उठेर बैठक अवरुद्ध गर्नुभएको हो ।        …

पछिल्लो २४ घण्टामा २ हजार १० मा कोरोना पुष्टि, थप १८ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १०८ पीसीआर परीक्षणमा बुधबार थप २ हजार १० जनामा संक्रमण पुष्टि भएको हो ।  यस्तै एन्टिजेन विधिद्वारा …

कालीगण्डकीको डाइभर्सन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ । कालीगण्डकी नदीको प्राकृतिक बहावलाई परिवर्तन नगरी कुनै काम अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता प्रकाशमणि शर्मालगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधी चोलेन्द्रशम्शेर जबराको एकल इजलासले अन्तरिम …

महामारी परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो: गृहमन्त्री खाँण

काठमाडौँ । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले सिंहदरबारस्थित गृहमन्त्रालयमा आज पदबहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीलगायतले स्वागत अभिवादन …

लावालश्करसहित ओली बालुवाटारबाट बालकोट [तस्बिरहरू]

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि निर्वतमान प्रधानमन्त्री एवम एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवास छाडेका छन् । बुधबार दिउँसो एमालेका नेता–कार्यकर्ताको लावालश्करसहित बालुवाटारबाट बालकोट गएका हुन् । 

अर्थमन्त्री शर्माद्वारा खोप खरिदका लागि पाँच अर्बको सहमति प्रदान

काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पद बहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु. ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय गर्नुभएको …

‘ओली’ सरकार आउट भएसँगै रिहा भइन् कुटपिट मुद्दामा थुनामा परेकी कथित अभियन्ता

आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला रिहा भएकी छन् । जिल्ला अदालत, काठमाडौंले उनलाई छाड्न आदेश दिएको हो । उनका पति हिमाल उपाध्यायलाई चाहिँ एक लाख रुपैयाँ धरौटी माग गरिएको छ । प्रहरी वृत्त, गौशालामा पुरानो साथी खुश्बु (नविता) घिमिरेलाई …

बालुवाटारको सुरक्षा टोली अब बूढानिलकण्ठतिर

एउटा प्रधानमन्त्री बहिर्गमित हुँदा अरु केही व्यक्ति र विषय पनि सँगै जान्छन् । तीमध्ये केपी ओलीको बहिर्गमनसँगै प्रयोजनहीन बनेको विषय हो, आर्थिक वर्ष २०७८/७९ को बजेट । प्रधानमन्त्रीसँगै हिजो पदमुक्त हुनुभएका अर्थमन्त्री विष्णु पौडेलद्वारा गत जेठ १५ मा जारी १६ …

हुम्लामै पहिलो पटक गोठालाको कथामा आधारित म्युजिक भिडियो

दुर्गम हिमाली जिल्ला हुम्लामा यहाँका युवाहरुले पूर्खालाई सम्झिँदै गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन् । पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप हुँदै गएपछि हुम्लाका युवाहरू मिलेर हुम्लामै देउडा गीतको म्युजिक भिडियो छायाङ्कन गरेका हुन् …

कस्तो रहला आजको मौसम ? कहाँ-कहाँ छ वर्षाको संभावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर सामान्य बदली रही  प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा …