चीनसँगका नाका पूर्ण रूपमा खुल्दै

काठमाडौँ/तातोपानी। नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका कारण अवरुद्ध नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ । चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा …

स्वर्णिम वाग्ले रास्वपाबाट चुनाव लड्ने : मुकुल ढकाल

काठमाडौँ। कांग्रेस परित्याग गरेका अर्थशास्त्री स्वर्णिम वाग्ले घण्टी चुनाव चिह्न लिएर उपनिर्वाचनमा उम्मेदवार बन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बताएका छन् । रास्वपाका महामन्त्री तथा प्रवक्ता ढकालले कांग्रेस त्यागको घोषणा गर्नुपहिला वाग्लेसँग छलफल भएको जानकारी दिए । बिहीबारमात्रै कांग्रेस …

मिटरब्याजीहरुलाई सरकारले कारबाही गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ। काठमाडौंमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याजीहरुलाई सरकारले कारबाही गर्नुपर्ने बताएका छन् । उनले भने, ‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ । सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ ।’ साथै उनले …

स्वर्णिम वाग्लेद्वारा काँग्रेस परित्याग, बलियो वैकल्पिक लोकतान्त्रिक शक्ति बनाउने

काठमाडौँ। अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन्। बिहिबार नेपाली काँग्रेस परित्याग गर्दै अर्थशास्त्री वाग्लेले पार्टी गिरोहमा परिणत हुन लागेको आरोप लगाएका छन् । उनले पार्टी नेतृत्व अक्षम बन्दै गएको आरोप लगाएका छन् । पार्टी परित्यागको जानकारी दिनका लागि …

तनहुँ-१ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराई

काठमाडौँ। तनहुँ-१ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई कांग्रेसले उम्मेदवार बनाउने भएको छ । तनहुँ-१ मा यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त भएको छ । …

चितवन-२ का कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ हुने

काठमाडौ। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन-२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवन-२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको …

गठबन्धनमा भागबण्डा मिल्यो, कुन दललाई कति मन्त्रालय ?

काठमाडौँ। लामो समयको रस्साकस्सीपछि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले सरकार विस्तारका लागि सत्तारुढ गठबन्धन दलहरूबीच सहमतिमा मन्त्रालय बाँडफाँटको टुंगो लगाएको छ । यद्यपि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन। बैठकमा सहभागी जसपाका नेता राजेन्द्र …

सरकारको साझा न्यूनतम कार्यक्रम भोली टुंगिने : रमेश लेखक

काठमाडौँ। सरकारको साझा न्यूनतम कार्यक्रमले अन्तिम रुप बिहीबारसम्ममा पाउने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको साझा न्यूनतम कार्यक्रमले बिहीबार (भोलि)सम्ममा अन्तिम रुप प्राप्त गर्ने बताएका हुन् । …

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल अप्ठ्यारोमा परेका छन् । सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि रिक्त रहेको गृह मन्त्रालय दाहाल आफैंले राख्न खोजेका छन् । …

पुनः गृहमन्त्रीमा रवि नियुक्त गर्न प्रधानमन्त्री दाहाल सकारात्मक

काठमाडौं । सत्ता गठबन्धनका नेता रविले नेपाली नागरिकता लिएपछि उनलाई पुनः गृह मन्त्रालयमै फिर्ता गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ‘सत्ता गठबन्धनमा फाटो नआओस्’ भन्ने उद्देश्यले पुनः रविलाई नै गृहमन्त्री नियुक्त गर्ने विषयमा सकारात्मक रहेको जनाइएको छ । रविका …