ओमिक्रोन भेरियन्ट भित्रन नदिन स्वास्थ्य कार्यालयलाई महाशाखाको निर्देशन

काठमाडौं । स्वास्थ्यसेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरिका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भित्रन नदिन पूर्व तयारी गर्न सात बुँदे निर्देशन जारी गरेको छ । महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सातवटै स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला स्वास्थ्य कार्यायल …

‘ओमिक्रोन नियन्त्रणमा थप सर्तक भएर तयारीमा लाग्नुपर्छ’

काठमाडौं । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहलाई कोभिड–१९ तथा नयाँ भेरिन्ट ओमिक्रोन नियन्त्रणका लागि थप सर्तक भएर तयारीमा लाग्न भनेको छ । महामारीको विश्वव्यापी जोखिम कायम रहेको र थप सङ्क्रमक भेरियन्ट ओमिक्रोन नेपाल …

मिर्गौला प्रत्यारोपण गरेकालाई आर्थिक सहायता दिइने

चितवन । कालिका नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता प्रदान गर्ने भएको छ । नगरपालिकाले यही पुस ९ गते सार्वजनिक सूचना जारी गर्दै मिर्गौला प्रत्यारोपण गरेका नगरवासीलाई १५ दिनभित्र नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ । नगरपालिकाका जनस्वास्थ्य …

रुकुम पूर्वमा ६ हजार बालबालिकालाई खोप

रुकुम(पूर्व) । ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका हुन् । जिल्लाका विभिन्न विद्यालयमा …

कोरोना भाइरसविरुद्धको खोप लगाउन सरकारको आग्रह

काठमाडौं । सरकारले  कोरोना भाइरसविरुद्धको खोप लगाउन उपत्यका सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरसको जोखिम कम गर्न उपत्यकाका सबैलाई खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका सबैलाई सूचना …

शालिनदीमा स्वस्थानी व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य

काठमाडौँ। माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालि नदीमा लाग्ने धार्मिक मेलाको व्रतमा सहभागी हुने भक्तजनलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य …

विद्यालय बन्द भएपछि ट्युशनमै मोडर्ना खोप

कर्णाली। चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो । विद्यालयमा बालबालिका नभेटिने भएपछि स्वास्थ्यकर्मी ट्युशन कक्षामै पुगेर उनीहरुलाई …

ओमिक्रोन फैलिए बालबालिकालाई जोखिम

‘५ कक्षासम्म पढ्ने बच्चाले सबै काम आफू गर्न सक्दैनन् । मास्कको सदुपयोग, विद्यालय तथा बसमा दूरी कायम गराउने विषयमा अभिभावकले ध्यान दिनैपर्छ । काठमाडौँ ।कोरोना महामारीमा विद्यालय बन्द हुँदा ललितपुर गोदावरीकी बिना थापा बच्चाहरू बिग्रिने हुन् कि भनेर चिन्तत हुन्थिन् । विद्यालय खुल्न …

भारतमा थप ६५३ जना ओमिक्रोन सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप छ हजार ३५८ सङ्क्रमित भएका  केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ६५३ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७५ …

पछिल्लो २४ घण्टामा २१३ जनामा सङ्क्रमण पुष्टि, दुईजनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार १८० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ४९७ जनामा एन्टीजेन परीक्षण …