हरेक प्रदेशमा मेडिकल कलेज स्थापना गरिन्छ : मन्त्री पौडेल

काठमाडौँ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हरेक प्रदेशमा एक/एक वटा मेडिकल कलेज सरकारले स्थापना गर्ने बताउनुभएको छ । भरतपुर महानगरका शिक्षक अगुवाहरूसँग आज यहाँ भएको छलफलमा मन्त्री पौडेलले नेपालबाट मेडिकल शिक्षाका लागि भन्दै रु ९८ अर्ब रकम बाहिर गइरहेकाले …

अनिवार्य रूपमा बुझाउनुपर्ने विवरण बुझाउन विद्यालयको अटेरी

काठमाडौ । विद्यालयले सरकारलाई प्रत्येक वर्ष अनिवार्य रूपमा बुझाउनुपर्ने विवरण बुझाउने गरेका छैनन् । यसरी अटेर गर्ने विद्यालयलाई नियमन गर्ने निकायले मौखिक स्पष्टीकरणसम्म सोध्ने गरेको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता (सहसचिव) डिल्लीराम लुइँटेलले विवरण अनिवार्य रूपमा …

एमबीबीएस परीक्षामा सेटिङः ५ देखि १८ लाखसम्म ‘डिल’

काठमाडौं । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा पक्राउ परेका नक्कली विद्यार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी अरूको नाममा परीक्षा दिन परीक्षा हलमा सहभागी भएको खुलेको छ । गत १८ चैतमा एमबीबीएस परीक्षा दिनका लागि अरूको प्रवेशपत्रमा फोटो टाँसेर …

कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार  बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । जेठ १६, १७ र …

विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गर्नुभएको छ । नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग आज सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताउँदै भन्नुभयो,  …

विद्यालय समयमा नियमित पठनपाठन गराउन शिक्षकहरुलाई निर्देशन

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखा सानोठिमी भक्तपुरले विद्यालय समयमा नियमित पठनपाठन गर्ने निर्देशन दिएको छ ।  निर्देशक बसन्त प्रसाद कोइरालाद्वारा जारि बिज्ञप्तमा …

त्रिभुवन विश्वविद्यालयमा पछिल्लो दुई वर्षयता दुई सय दिन तालाबन्दी

दुई वर्षमा विश्वविद्यालय खुल्ने दिनमध्येको करिब आधा समय ताला लाग्दा शैक्षिक, भौतिक सुधार र अन्य कार्यक्रम लथालिंग काठमाडौँ । उच्च शिक्षाका ८० प्रतिशतभन्दा बढी विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयमा पछिल्लो दुई वर्षयता करिब दुई सय दिन तालाबन्दी भएको छ । विद्यार्थी …

सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं । कर्मचारी र बोर्ड व्यवस्थापनबीचको आज भएको वार्तामा सहमति भएपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घ नेपाल केन्द्रीय समितिले पाँच बुँदे माग प्रस्तुत गर्दै बुधबारदेखि बोर्डमा सुरु गरेको आन्दोलन आजको वार्तामा …

एसईई परीक्षा वैशाख ९ गतेदेखि, परीक्षाको तालिका बिहीबार सार्वजनिक गरिने

काठमाडौं। माध्यामिक शिक्षा परीक्षा (एसईई)  २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो।  बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बिहीबार परीक्षाको तालिका सार्वजनिक हुनेछ। सरकारले …

शिक्षकलाई कर्मचारी सरह सेवासुविधा उपलब्ध हुन्छ : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताउनुभएको छ । ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तक्र्रियामा उहाँले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गर्नुभयो ।  “यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको …