चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुन: गराउन पाँच विद्यार्थी सङ्गठनको माग

काठमाडौं  । पाँच विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन् ।  बाग बजारमा बिहीवार नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (छैटौँ) र समाजवादी विद्यार्थी युनियनको संयुक्त बैठक बसी आयोगद्वारा लिइएको …

त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्घ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालका साथै इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडिएको छ ।  विश्वव्यापी अनुन्सधान तथा शैक्षिक सञ्जालमा आवद्घताले केन्द्रीय क्याम्पसका विभिन्न सङ्कायले सञ्चालन गर्दै आएको अनुसन्धानका क्रियाकलापलाई थप सुदृढ गर्न सकिने बताइएको छ …

परीक्षा दिने वातावरण बनाउन सांसदको माग

काठमाडौँ। सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कक्षा १२ को परीक्षा पूर्वतयारीबिना स्थगित गरिएको …

सिदिङ्वाले एमबिबिएस र सिभिल इञ्जिनीयरिङ अध्ययन छात्रवृत्ति दिने

ताप्लेजुङ। जिल्लाको सिदिङ्वा गाउँपालिकाले एमबिबिएस र सिभिल इञ्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । आवश्यक कानूनी प्रावधान बनाएर गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति दिइने भएको हो । मङ्गलबार आयोजित गाउँसभामा एमबिबिएस र सिभिल इञ्जिनीयरिङ अध्ययनका लागि निम्नस्तरका विद्यार्थीलाई सहयोग …

विद्यार्थीलाई खोप लगाएर परीक्षा लिने तयारी

काठमाडौँ। सरकारले विश्वविद्यालयका २० वर्षभन्दामाथिका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ आज ट्वीट गर्दै विश्वविद्यालयका २० भन्दामाथिका विद्यार्थीलाई परिचयपत्रका आधारमा खोप दिने निर्णय गरिएको जानकारी दिनुभयो । सोमबार पाँच विद्यार्थी सङ्गठनले मन्त्री …

विश्वविद्यालयका उपकुलपतिको गाडी तोडफोड

कर्णाली। मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा डा नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् । विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम)मा मङ्गलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला विद्यार्थीले पार्किङ गरी राखेको गाडी तोडफोड गरेका हुन् …

१३ हजार विद्यार्थी शुद्ध खानेपानीको पहुँचमा

गलकोट। बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ को नर्जाखानीस्थित निकै दुर्गम गाउँको विष्णु आधारभूत विद्यालय परिसरमा खानेपानीको सुविधा थिएन । एक सय ७० भन्दा बढी विद्यार्थी रहेको उक्त विद्यालयका विद्यार्थी शुद्ध खानेपानीका लागि कष्ट झेल्दै आएका थिए । विद्यालय नजिकैको सामुदायिक धारोमा …

चितवनमा चिकित्सा शिक्षा परीक्षा : कोटाभन्दा कम उत्तीर्ण

चितवन। चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ । चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका हुन् । विद्यार्थी कम भएपछि निजी शिक्षण संस्था सञ्चालक अन्योलमा …

परीक्षा स्थगन भएकामा चिन्ता

काठमाडौँ। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अर्काे कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग गरेको छ । सो महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा १२ को परीक्षा एक्कासी …

सङ्क्रमणको जोखिम भएपछि विद्यालय पुनः बन्द हुने

हुम्ला। केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो । …