थापाथलीबाट एयर गनसहित एक पक्राउ

काठमाडौं। नेपाल प्रहरीले एयर गनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले एयरगनसहित कैलालीका २१ वर्षीय जीतेन्द्र नाथलाई शनिबार थापाथलीबाट पक्राउ गरेको हो । पक्राउ परेका नाथले कोठामा अवैध हातहतियार लुकाइ राखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी …

१८ लाख नगदसहित छ जना जुवाडे पक्राउ

गण्डकी। प्रहरीले रु १८ लाख नगदसहित छ जना जुवाडे पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१२ चापापानीस्थित नवीन गौचनका घरमा तास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले छ जना व्यक्तिलाई रु १८ लाख सात हजार ५३० नगद …

खैरो हेरोइनसहित नौ पक्राउ

काठमाडौँ। काठमाडौँका विभिन्न स्थानबाट विभिन्न परिमाणको अवैध लागुऔषध खैरो हेरोइनसहित नौ जनालाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको राप्ती नगरपालिका–१ का २३ वर्षीय प्रयास थापा, अछाम पञ्चदेव विनायक नगरपालिका–४ का २३ वर्षीय सागर शाही, बर्दिया …

बन्दीका मुद्दामा पनि सर्वोच्चको बेवास्ता

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको थियो तर न्यायाधीशहरु इजलासमा नबस्दा कुनै पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश राणाले आठवटा इजलासमा पेसी तोक्नुभएको थियो । तीमध्ये सात संयुक्त र एउटा एकल इजलास थियो …

वायुसेवा निगमका पूर्वअध्यक्षको निधनको कारण खुल्यो

काठमाडौँ। नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृतु आत्महत्या नभई शारीरिक दुर्वलताका कारण भएको पाइएको छ । चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उहाँको परिवारले आज पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको चार तल्लाबाट रिंगटा लागेर …

युवक हत्या प्रकरण : आठ जना सार्वजनिक

भजनी। कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । मङ्गलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा आठ जनालाई सार्वजनिक गर्दै प्रहरीले अनुसन्धान सुरु गरेको हो । पक्राउ पर्नेमा लम्कीचुहा–३ चिसापानी …

राष्ट्रिय जनावर गाई काटेको आरोपमा पाँच जना पक्राउ

सिन्धुपाल्चोक । राष्ट्रिय जनावर गाई काटेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पाँच जना पक्राउ परेका छन् । गत कात्तिक २२ गते राति करिब ११ बजे बाह्रबिसे–९, राम्चेको पोष्टपखेरामा गाई काटेर मासु भाग लगाइरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।  पक्राउपर्नेमा बाह्रबिसे– ९ …

दुई लाख ९१ हजारसहित १८ जुवाडे पक्राउ

चितवन। जिल्ला प्रहरी कार्यालयले चाडपर्वका समयमा जुवा खेल्ने १८ जनालाई रु दुई लाख ९१ हजार ६०५ सहित पक्राउ गरेको छ ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लाका विभिन्न स्थानमा दसैँदेखि तिहारसम्मका अवधिमा जुवा खेलेका उनीहरुलाई पक्राउ गरिएको हो …

पसलेको हत्या आरोपमा एक जना पक्राउ

सुदूरपश्चिम। कैलालीमा पसलेको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिकाक–३ का १८ वर्षीय जीवन ठकुरी शाही रहेका छन् । कैलालीको घोडाघोडी नगरपालिका घर भई मोहन्याल गाउँपालिका–सिम्ली खोलामा पसल सञ्चालन गर्दै आएका …

बैकिङ कसुर मुद्दामा भारतीय नागरिक पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु नौ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका भारत मोतिहारीका ४५ वर्षीय राजहरण साहलाई आज …